अमेरिका, २४ साउन । अमेरिकाका वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताएका छन् ।
टास्क फोर्सका सदस्यसमेत रहेका फाउचीले खोपले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने खतरा ५० देखि ६० प्रतिशत मात्रै रोक्न सक्ने भन्दै खोप बनेपछि पनि सार्वजनिक स्वास्थ्य सामग्रीको आवश्यकता भइरहने बताएका छन् ।
महामारी नियन्त्रण गर्न खोपमा मात्रै भर पर्न नहुने उनको भनाए छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स नियुक्त गरे पनि उनको सुझावप्रति वेवास्था गर्दै आएका छन् ।
कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।