शनिबार रामेछापको खाडाँदेवीको गाल्पामा नेशनल टेक्वान्दो आइटीएफ कबड हलको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले नेकपा नेपालको लोकतान्त्रिक पार्टी भएको र नेकपा फुटको संघारमा पुगेको भन्ने हल्ला मात्र भएको बताएका हुन् ।मन्त्री ढुंगेलले अहिले नेकपाका नेताहरु केही चक्रब्यूमा फसे पनि पार्टी फुटको दिशमा नजाने र पार्टी फुटबाट जोगाउन सबै नेताहरुले विचार पुर्याउनुपर्नेमा जोड दिए ।
नेकपामा धेरै नेताहरु जान्ने भएपनि सल्लाह दिनेहरु राम्रो नभएको पनि बताए । उनले अहिले नेकपाका नेताहरुले विचार पुर्याउन नसके महाभारतको चक्रब्यूँ झै अवस्थामा पुग्ने बताए । उनले थपे ‘महाभारतमा अभिमन्युको चक्रब्यूँमा फस्ने खतरा उतिकै छ, यसमा सबै नेताहरुले ध्यान दिने अपेक्षा मैले गरेको छु ।’लोकतान्त्रिक पार्टीमा दुई अध्यक्ष वा पाइलट नहुनु पर्ने भए पनि पार्टी एकताको भावनाले दुई अध्यक्षले पार्टी संचालन गरिरहेको बताए । उनले पार्टी र सरकार संचालन गर्ने सिकाउनेले गल्ती गरिरहेको आरोप पनि लगाए । उनले एउटा मोटर साइकलमा सवार दुबै जान्ने चाकलले मोटर साईकल चलाइरहेकोलाई यता उता मोड्न लगाएको उद्धाहरण दिदै पार्टीमा पनि अहिले त्यही भएको बताए । उनले भने साघुरो बाटोमा र मोड नपुग्ने बाटोमा सवारी साधनलाई लैजान खोजेको जस्तै पार्टीमा पनि त्यस्तै भईरहेको तर अब पार्टी एक भएर जनताको काममा लाग्ने पनि बताए ।कार्यक्रममा उनले थपे ‘रामेछाप कम्युनिष्टहरुको जिल्ला हो, हामीले धेरै समस्याहरु पीडाहरु भोगेका छौ । पार्टी फुट्दा कयौ पटक रोएका थियौँ । पार्टी एकता हुँदा हामी खुसीले हासेँको इतिहास पनि हामीसंग छ । अब हामी रुन चाँहदैनौँ । हाँस्न चाहन्छौ । पार्टी फुटपछि मोहन बैद्य, नेत्र विक्रम चन्द, बाबुरामलाई नियाल्नुस् उहाँहरुका हालत कस्तो छ ?
मन्त्री ढुंगेलले प्रदेश तथा स्थानीय सरकार जनताको भावना अनुसार संचालन भईरहेको चुनावी एजेण्डालाई पूरा गराउने काममा लागिरहेको पनि बताए ।
कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम लामा र सुनपति गाउँपालिकाका अध्यक्ष धावा लामाले आ–आफ्नो गाउँपालिकाको विकास निर्माणका गतिविधि प्रस्तुत गरिएको थियो ।