लालबन्दी, १८ साउन । सर्लाहीको रानीगञ्जमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
शनिवार बेलुकी लालबन्दी नगरपालिका १७ रानीगञ्ज घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका ५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २-०३००३ प ६६८९ र ज १ म २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका रौतहटका श्याम साहलाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।