कपिलवस्तु , १० साउन /महाराजगन्ज श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरकाे मूलढोकामा नाग काे चित्र टाँसेर मनाइँदै छ ।
हिन्हु धार्मलम्वीहरु काे पर्व नाग पञ्चमी का दिन तराई मधेसमा बिहान बिहान अाफ्नाे घरलाई गाई काे गाेबर बाट गाेड्ने , झुला झुल्ने र गुड्डिन पीट्ने परम्परा पहिले देखि चालिएको छ । अहिले काे समयमा केही मात्रमा कम भएको छ ।
नाग पञ्चमी का गुड्डिन (गुडिया) पीट्ने तराई मधेसमा अहिले काे समयमा कतै- कतै मात्र हेर्न पाईन्छ । कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र अाैरहवा , चाेहट्टी , चाेहट्टा , महाराजगन्ज , बलरमवापुर , पिपरी , पचेहरी , बरगदी , बागहिया लगायत कपिलवस्तु काे अारु ठाउँमा अहिले पनि गुडिया पीट्ने परम्परा लाई जाेगएर राखेकाे पाईन्छ ।
बेलुका काे समयमा गाउका सबै केटाहरु ले ५ पटक गाउँ लाई परिक्रमा गरेर खेल मैदानमा गएर महिला हरुले गुडिया लाई फाल्ने र केटाहरुले पीट्ने काम गर्छन । पीटे पछि गीत गाउने परम्परा अहिले पनि रहेको पाईन्छ ।
बेलुका काे समयमा गुड्डिन ( गुडिया ) पीट्ने कार्य गरिन्छ । केटीहरुले कपडा काे टुक्रा , पलाष्टिक , धागाे बाट गुडिया बनाएर , चामल , दाल , चना लिएर अाउछिन र केटाहरुले कास काे काइन , फुल काे हागा , काटा विरुवा हरु बाट गुड्डिन पीट्ने कार्य गर्छन ।
अाज का दिन कसैले बिहान कसैले साझा मिठाे मिठाे प्रकार काे खाना पकाएर खाने परम्परा हरेकाे छ ।
प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।