सप्तरी (कुशहा), ७ श्रावण । सप्तरीको सुरुङ्गा नगरपालिका –७ बसानपट्टिमा स्थानिय युवाहरु उदाहरणिय विकास निमार्ण कार्य गरेका छन् ।
सुरुङ्गा नगर पालिका –७ बसानपट्टिमा स्थानिय युवाहरु नगर पालिकाले पक्की नाला निर्माण कार्यको लागि विनियोजन गरेको रकमलाई सहि सदुपयोग गरी उदाहरणिय कार्य प्रस्तुत गरेका छन् स्थानिय समाज सेवी संजिव चौधरीले बताए । पक्की नाला निर्माण कार्यलाई पहिलो प्राथमिकता दिदै नाला निमार्ण कार्यलाई तिब्रता दिदै नगर पालिकाले दिएको समय सिमा अगावै निमार्ण कार्य पुरा गरेको निर्माण समितिका अध्यक्ष समेत रहेका फुलचन मण्डलले जानकारी दिनुभयो ।
बाटोको दुवै पटि पक्की नाला निर्माण कार्यका लागी नगरपालिकाले रु. ३० लाख रकम छुटयाएको स्थानिय समाज सेवी संजीव चौधरीलाई उदृत गर्दै समितिका कोषाआध्यक्ष पुस्तिका कुमारी चौधरीले जानकारी दिनुभयो । उनले भने– असार १५ गतेसम्ममा सम्मपूर्ण सडक निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सडक निर्माण उपभोतmा समितिले लक्ष्य लिएको र लक्ष्य भन्दा पहिला नै कार्य पुरा गरिसकेको उनले बताइन ।
पक्की नाला निर्माण कार्य उपभोतmा समितिमा ९ सदस्य कार्य समिति समेत चयन गरेको थिए । कार्य समितिको अध्यक्षमा फुलचन मण्डल, कोषाअध्यक्षमा पुस्तिका चौधरी सचिवमा अनिल चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा क्रमश ः इन्द्र प्रसाद चौधरी, प्रमिला देवी साह रहेका थिए । निमार्ण कार्यको अनुगमन तथा अवलोकन सुरुङ्गा नगर पालिका नगरप्रमुख , उप नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतले गरेका थिए ।