महोत्तरी ७ साउन । घरमा सुतेको बेला विषालु सर्पले डस्दा महोत्तरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका ४५ वर्षीय शम्भु माझी सरदार रहेका छन् ।
राति सर्पले डस्दा सिकिस्त भएका सरदारको बुधबार बिहान उपचारको क्रममा सर्पदंश उपचार केन्द्र सिरहाको बन्दिपुरमा मृत्यु भएको स्थानीय आनन्द साहले टुडेपाटीलाई जानकारी दिए ।
शारिरीक रुपमा अपांग रहेका शम्भुलाई मंगलबार राति घरमै सुतेको बेला विषालु सर्पले डसेको थियो ।