सप्तरी (कुशहा), ७ श्रावण । सप्तरीको सुरुङ्गा नगर पालिका –५ को वडा अध्यक्षको कार्य कक्ष तथा मुल गेटमा तालाबन्दी गरेको एकसता बितिसक्दा समेत तालाबन्दी अझै खुल्न सकेका छैनन् ।
एकसता अघि बनिगामाका स्थानियवासीहरुले वडा अध्यक्षको कार्यकक्षमा अश्चितकालीन तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण सेवाग्राहीहरु प्रत्यक्ष मरमा परेका छन् । वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीहरुले एकसता अघि वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका छन् । हामीहरुको माँग पुरा नभए सम्म तालाबन्दी जारी रहने स्थानिय दिलाराम चौधरीलाई उदृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।
गाँउमा आरसिसि ढलानका लागि बारम्बार वडा अध्यक्ष पासवानलाई आग्रह गर्दा समेत वडा अध्यक्षले पासवानले वेवस्ता गरेका कारण बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गर्नु परेको समाज सेवी शर्मिला देवी चौधरीले बताईन । आरसिसि ढलानको योजनालाई परिवर्त गरी ग्राभेलको योजना दिदा स्थानियवासीहरु आक्रोसित भएका छन् ।
बनिगामावासीले तालाबन्दी गरेको दुई दिन पछि पुन ः पश्चिम टोलका स्थानियवासीहरुले समेत वडा कार्यालयको गुल गेटमा नै तालाबन्दि गरेका छन् । वडा अध्यक्ष मोम्हद सिल्टु मियाँलाई केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित प्रक्राउ गरेपछि मियाँ स्थानमा वडा सदस्यमा निर्वाचित अरहुलिया देवी पासवानले वडा अध्यक्षको कार्यभार समाल्दै आएका छन् । तर तालाबन्दि खोल्ने विषयमा हालसम्म नगरपालिकाले कुनै प्रयास नगरेकोमा स्थानियवासीहरुले आपति जनाएका छन् ।