सिरहा, ३ श्रावण । सिरहाको औरही गाउपालिका ५ मा नेकपा नेता तथा पुर्व गाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको छ ।
घरमा सुतिरहेका बेला मध्यरातमा नेता यादवमाथि अज्ञात समुहले बम प्रहार भएको हो । बमको छर्रा लागेर नेता यादव घाइते भएका छन् । उनको शरिरको विभिन्न भागमा बमको छर्रा लागेको छ ।
नेता यादवलाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको छ । बम कसले प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन ।