सप्तरी । सप्तरीको मुतनी नदीमा एक जना पुरुषको शव फेला परेको छ । शम्भुनाथ नगरपालिका वडा नम्बर ४ स्थित सो नदीमा शम्भुनाथ नगरपालिका ३ कचन्दाहा निवासी ४२ वर्षीय त्रिभुवन रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष कुमार खडकाले बताए ।
उनको कसरी र कुन कारणले मृत्यु भएको खुल्न नसकेपनि घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बताए । राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा मृतकको शव पोष्टमार्टमका लागि राखिएको उनले भने, रामको जिउँमा सामान्य चोट देखिएको छ । पोष्टमार्टमको रिपोर्टपछि मात्र घटनाको केही कुरा खुल्नेछ ।