दुबै जना थाकेका हुन्थ्यौ नै।हाम्रो मायामा अहिले किन ?अलबिदा मेरो हजुर !
✍️सुबिन बिश्वकर्मा `लुते´ अनि कि…बाह्र बजेर एक्काईस मिनेटमा उसको मेसेज आयो। अझै सुतेको छैन तिमी? मैले सोधे। महोदय यहाँ चाहिँ किन नसुतेको? एउटा प्रश्नचिह्न फाल्दिई। मलाई गुडनाइट भनेर अन्तै बिजि होकि कसो?? यसपटक दुईवटा प्रश्नचिह्न। मैले एङ्री स्टिकर सहित भनिदिए, फेरि सुरु भैहाल्यो है? नरिसाउनुन मेरो हजुर, हल्का शंका गर्नुत परिहाल्यो नि, उसले भनी। मैले हल्का शंका गरेको मनपर्छ पो भनेको त, यतिधेरै गर्नु भन्या होर? मैले यति भनेपछि सायद धेरै बेर सोचमग्न भइछ क्यारे, बेर लगाएरै मेसेज गरि, एउटा भनम मेरो हजुरलाई? उसले धेरै मायाले सम्बोधन गर्दा मेरो हजुर भनिदिन्थी, उसले यति भनेपछि म जस्तोसुकै पीडा पनि भुलीदिन्थे र जति रिसमा भएपनी उसको सामु पग्लिदिन्थे। उसले खास कुरा गर्न लागेको मलाई था थियो। फेरि मेसेज गरि, हजुर अरुसँग बोल्दा म किन शंका गर्छु था छ? मैले प्रतिप्रश्न गरे, भने पो था हुन्छ त। फेरि पनि बेर लगाएर रिप्लाई गरि उसले, अरुसँग बोलेको भनेर शंका गरेको हैन हजुर, बोल्दबोल्दै अरुकै हुने होकि भनेर चिन्ता गरेको मात्र। फेरि जसलाई धेरै माया गरिन्छ नि उसलाई हल्का शंका गर्न त परिहाल्यो नि हैन र? खै था छैन मलाई, म फेरि झर्किदिए। अब रिसाइराख्ने हो? फेरि लाडिएर भनी, मैले झन एउटा खास कुरा भन्न भनेर मेसेज गरेको उसलाई केही वास्तै छैन। मेरो उत्सुकतामा वृद्धि भएछ क्यारे! सत्य कुरा फुत्किहालेछ, रिसाको हैन मायाले घुर्काको पो त, बरु भन न के भन्न लाको? भन्दिन, पहिला भन्नू, मलाई १० बजे गुडनाइट भनेर अहिलेसम्म के गरेको? खासमा दिनभरी उ काम गर्थी अनि म पनि। दुबै जना थाकेका हुन्थ्यौ नै। तर हाम्रो मायामा रतिभर कमि नहोस भनेर राती १० बजे सम्म बोल्नैपर्थ्यो हाम्लाई। तर त्यो दिन मलाई त्यसैत्यसै निन्द्रा लागेकै थिएन। दिउसो श्रुतीसम्बेगको `एक सर्को माया´ उपन्यास डाउनलोड गरेको थिए, त्यही सुन्दै थिए। मलाई उसँग रातभर बोल्न मन नभएको त हैन, तर दिनभर थाकेको छ भनेर सुत भनेको थिए। तर कस्तो संयोग! उसलाई पनि त्यो दिन निन्द्रा लागेकै रहेनछ, म सँग रातभर बोल्न मन रहेछ, सायद हर्ट टु हर्ट कनेक्सन यसैलाई भन्छन मान्छेहरु। तर मैले गुडनाइट भनेपछि मलाई निन्द्रा लागेको होला सोचेर उसले लल सुत्नु भनेकी रहिछ। उसले आफ्नो कुरा भनी मैले आफ्नो। कुरा छर्लङ्ग भयो। हामिले एकाअर्काको कुरा मानिहाल्यौ किनकी पटकपटक यस्तो भइसकेको जो थियो। मौकाको फाइदा उठाइहाल्नुपर्ने उसलाई। भनी, फोन गरम?
अ, यतिराती फोन गर्छ पागल! मैले भनिदिए। हो हजुर हो, मन नभएपछि राती हुन्छ, पानी परेको हुन्छ, घाम लागेको हुन्छ, अझ हावा पनि चलेको होला हैन? सायद उ रिसाइ क्यार! हुन त थुप्रै रातहरु उसँग फोनमा बोल्दै बितेका इतिहासहरु साक्षी थिए। अब उसलाई के भनेर फकाउने! यतिकैमा आइडिया फुरिहाल्यो, नरिसाउ न, ड्याडी निदाउनु भको छैन क्या! एउटा थमको स्टिकर सहित उसले मेसेज गरि, आह! कति मोठो बहाना। वास्तवमा मलाई ड्याडको डर लागेरै फोनमा बोल्न आनाकानी गरेको थिए, यहि भनेर उसको कसम खाए, उसले सजिलै पत्याइदिइ। अब उसको कुरा सोधे मैले। भोलि कतिबेला भेट्ने हामी ? उसले सोधी। यहि हो तिम्रो कुरा भन्दै मैले प्रतिप्रश्न गरे। उसको जवाफ, अँ। अनि हिजो भेटेको त फेरि भोलि किन? लभ इमो सहितको उसले भनी, भोलि खास दिन होके। किन भोलि माघे संक्रान्ती होर? कि गुरु पुर्णिमा? मै जिस्किदिए। जिस्केको हो? उसले सोधी। हैन, था नभएर यस्तो भनेको हो। मलाई अरु था छैन, भोलि एउटा इम्पोर्टेन्ट कुरा गर्नुछ, जसरी नि भेट्ने त्या नत्र…। उसले यति भनेसी नभेटी सुखै थिएन। तसर्थ भनिदिए, हस हजुर! हजुरको जो आज्ञा, भोलि कलेजमै भेट्म्ला, नाई म भोली कलेज आउदिन। मैले कारण सोधे। उसले यतिकै भन्दै टारिदिई। मैले कलेज पछि भेट्ने जनाइदिए। यता एक सर्को मायाको नशा पनि उत्रिसकेछ, हल्का निन्द्रा लागे जस्तो भयो। भने, अब सुत्ने पो होकि ? निन्द्रा लाग्न थाल्यो हौ। फेरि उस्तै जवाफ उसको, त्यही त अहिलेसम्म निन्द्रा नलागेको मान्छे मँसग बोल्न परेपछि निन्द्रा लागिहाल्छ नि! फेरि अर्को आइडिया, आँखा दुख्न थाल्यो क्या बुझ न। हुन त मेरो आखाको समस्या उसलाई भेट्नु अगाडि देखि नै थियो। धेरै रातिसम्म बस्दा आँखा दुख्थ्यो, म आफ्नो पिडाहरु कसैलाई बाढ्न चाहान्न थिए। त्यही भएर होला, कहिलेकाही भन्ने यस्ता शब्दहरु उसले झट्टै पत्याइदिन्थी। तर त्यो रात आँखा दुखेको साच्चिकै बहाना थियो, निन्द्रा लागेको सत्यता थियो। लल सुते है, गुड नाइट, मैले फेरि भनिदिए। गुट नाइट हैन महोदय, गुड मर्निङ भन्नुस, घडी हेर्नुत कति बजिसक्यो? घडी हेरे, ओहो! २ बजिसकेछ, अब पनि सुतेन भने चै भोलि साचै टाउको, आँखा सबैथोक दुख्छ। म सुतिदिए। भोलिपल्ट बिहान ६ बजेछ, आँखा खुल्नै मानेनन्। कलेज जाम कि नजाम भयो, यतिबेला गयो भने मार्छन बिक्रम सरले। तर फेरि सोचे, ब्याच्लर होनि, एउटा क्लास छुटेर के हुन्छ? जान्छु बरु। यता दिदिले उठेर चिया बनाउन भ्याइसकिछ, म भने बेडमै। उसले मलाई उठाउदै भनी, क्या हो, आज कलेज छैन तेरो? आँखा मिच्दै भने, जान लाको, अनि तो चै किन नगको आज? आज एकादशी था छैन तलाई, व्रत छनि मेरो अनि नगको? दिदिले भनी। लल व्रत बस कलेज नजा अनि मार्छन ड्याडिले तोलाई, तर मलाई त गालि खानु छैन हिडे म। आउने बेला फलफुल लिएर आइज है भन्दै दिदी मन्दिर तिर गई अनि म, कलेज। कलेजमा फेरि अर्को अप्रत्याशितता देखे। हिजो कलेज नआउने भनेर मेसेज गरेकी उ अगाडि नै आएर बसिरहेकी थिई, मलाई देख्ने बित्तिकै आँखा तरी, एक फेरो दाह्रा पनि किटेकी हुदी हो। धन्न बिक्रम सरको क्लास सकिएर धमेन्द्र सरले पढाइरहनु भएको रहेछ, क्लास छिरे। उसको छेउमा बसे, कसैले नदेख्ने गरि चिमोटेर रिस पोखी उसले। धर्मेन्द्र सरको क्लास सकिने बित्तिकै बुकहरु ब्यागमा हालेर उसले भनी, हिड जुम।
मैले सोधे, कहाँ? आज क्लास बंक हान्ने हो। अगि देखि रिसाएकि थिई उ, मनाउन पनि बंक हान्नै पर्थ्यो। हामी सधै भेट्ने ठाउमा पुगेपछि उसले मलाई कस्सेर अंगालो हाली, अनि रुन थाली। म अचम्मित भए। सोधे, के भयो, किन रुको? भक्कानिदै उसले भनी, म तँ बाट अलग भएर एक पल पनि बाच्न सक्दिन। अर्कोपटक म अचम्मित भए। अनि के भयो त? कस्ले अगल गर्न सक्छर? किन डराको? आज एक्कासि के भयो तोलाई? उसको एउटै जवाफ आयो, मलाई माग्न केटा आउदैछ, आज बेल्का। उसले यसो भनेपछि म पनि एकपटक झसङ्ग भएछु, सायद मुटुको कुनै कुनामा कुनै धारिलो बस्तुले चसक्क घोचेको हुदो हो, त्यसपछि मैले धेरैबेर उसलाई सम्झाए, नडराउन भनें र, आफ्नोपनको एहेसास दिलाए। केही समयपछि हामी आआफ्नो बाटो लाग्यौ। घर आउने बित्तिकै दिदिलाई बाहिर खाटमा बसिरहेको देखे, उसलाई फलफुल ल्याउन पनि बिर्सेछु। कोहि सँग केही नबोलेर म आफ्नो कोठामा गए, एकछिनमा खाटमा पल्टिरहे। दिदी आइछ। सोधी, के भयो आज? किन एबनर्मल बिहेभ गर्दैछस? केही हैन भनेर उसलाई टारिदिए, तर दिदी न हो किन त्यसै मान्थी र? त्यसै पनि संसारमा दिदी जस्तो शुभचिन्तक अरु कोहि हुनै सक्दैन भन्छन। मेरी दिदी पनि त्यसै मध्यकी एक थिइ। मैले सबै वृतान्त उसलाई बताइदिए, तर घरमा कसैलाई नभन्ने सर्तमा। हाम्रो यो बारेमा पहिला नै कुरा भैसकेको थियो। त्यहि सम्झिदै दिदिले भनी, तलाई कत्ती भन्नू? यो केटीको जीवन किन बर्बाद गर्न चान्छस, तैले गर्दा उसको पूरा जीवन घरको न घाटको हुन्छ। किन नबुझेको? मैले राम्रैसँग बुझेको थिए। र दिदिलाई भनिदिए, मैले राम्रोसँग बुझेको छु दि, तर तो आफै भन त, यस्तो बेला म के गर्न सक्छु? यो संसारको मेरो पहिलो साथी हो, मेरि दिदी। उसले भनी, हेर भाइ, आफ्नो कारणले अरु कसैले दुख पाउने कुरा गर्नु त परको कुरा सोच्नु पनि हुदैन, बरु आफ्नो कारण कसैको ओठमा एक मुस्कान आउने काम गर्नुपर्छ। अत: तैले उ बाट टाढा हुँदै राम्रो हुन्छ, मोबाइल अफ गर, दुई चार नभेट बाकी सबै ठिक हुन्छ। दिदिको कुरा सबै ठिक लाग्छन मलाई, त्यसैले उसले भनेको जस्तै गरे त्यो पल। समय आफ्नै रफ्तारमा दौडिरहेको थियो। उसलाई नभेटेको सातौं दिन सकिएर आठौं दिनको बिहान ७ बजेको थियो। त्यो दिन पनि म बेडमै थिए। सातदिन भैसकेको थियो, मोबाइल अफ गरेको भेट नभको। त्यो दिन रातभर निन्द्रा नलागेर बिहान मज्जाले निदाएछु, तर त्यो पल सपना होकि बिपना छुट्याउनै सकिन जो उ मेरो शिरानीमा थिई। अक्सर केही समय बोलचाल नहुदा उ सिधै मेरो घरमा आउने गर्थी, त्यो दिन पनि त्यही गरिछ। उसले मेरो हात समातेर उसको स्कुटर पछि बसाइ अनि हुइक्याई आफ्नै रफ्तारमा। उ ६०/७० को स्पिडमा थिइ, म भने सपना जस्तै लागेर आफैलाई चिम्टदै थिए, बेलाबेलामा। केही समयपछि एउटा सुन्दर मन्दिर अगाडि लगेर उसले आफ्नो स्कुटरको ब्रेक लगाई। जसै मेरो हात समातेर त्यो मन्दिरको सात पटक फन्को लगाई र भनी, भगवानमा बिश्वास लाग्छ? मैले केही नभनेर मुन्टो हल्लाए मात्र। अहिले तिम्रो अघिल्तिर दुई वटा अप्सन छ, त्यसमध्ये एउटा गर्नुपर्छ तिम्ले, गर्छौ नि? उसले कड्केर नै सोधी। मैले फेरि हुन्छको भावमा मुन्टो हल्लाइदिए। कि मेरो माया लाग्दैन भनिदेउ कि मलाई भगाएर लैजाउ। त्यसो त आजसम्म मैले उसलाई बिहे गर्छु भनेको थिएन, र बिहे गर्ने खाल्को प्रेम गर्छु पनि भनेको थिएन, त्यसैले उसले यस्तो सोध्नु स्वाभाविक थियो।
मैले धेरै सोचे र भनिदिए, मलाई तिम्रो माया लाग्दैन, आफ्नो घरबार बसाउन सक्छौ, अग्रिम शुभकामना वैवाहिक जीवनको। ऊ अझ कड्किन थाली, माई फुट शुभकामना, तेरो शुभकामना आफै सँग राख, मलाई यो जुनिमा तेरो हुनु छ। मात्र तेरो। मलाई भगाएर लैजा। म त बिनाको जिन्दगी सोच्नै सक्दिन, त किन बुझ्दैनस हम? म पनि उसैगरी कड्किन थाले, तिम्लाई एउटै कुरा कतिपटक भन्नूपर्छ हम? मैले तिमिलाई आजसम्म माया गरेको छैन, म अरु कसैलाई माया गर्छु, त्यसैले भलो हुन्छ कि तिमी मेरो पछि नलाग, बिहे गर। मैले यति भन्न नपाउदै उसको गहभरी आँसु भैसकेको थियो। फेरि पनि भनी उसले, मेरो आखामा आँखा जुधाएर भन लुते। के साच्चै अलिकति पनि माया लाग्दैन मेरो? त्यो मुटुको कुनै एउटा सानो कुनामा पनि छैन म? रातभर फोनमा, मन्दिरमा गरेका ती बाचाहरु सब ब्यर्थ थिए? मलाई हेरेर भन लुते, आजसम्म टाइम पास गरेको तैले मसँग? होहोहो, मैले टाइम पास गरेको हो मैले। फेरि भक्कानिदै रुन थाली ऊ, सायद धेरै गारो हुदैथ्यो उसलाई, त्यहा बाट हिडि ऊ। धेरै पर पुग्दासम्म हेरिरहे उसलाई। एकछिन पछि फर्केर आइ र ब्यागबाट बिहेको कार्ड झिकेर दिई। कार्डमा हामी दुबैको नाम रहेछ। उसको नाम भित्र थियो, मेरो नाम बाहिर, मेरो हजुर। कार्ड दिदै उसले भनी, मलाई था छ, तँ मेरो बिहेमा आउदैनस र म पनि त्यही चाहान्छु। म बेहुली भएको बेला तलाई अगाडि देखे भने म आफुलाई सम्हाल्न सक्दिन। अनि यो पनि था छ, तैले मलाई माया गरेको हैन, मैले तलाई माया गरेकी हु। त्यसैले तलाई केही भन्ने, केही माग्ने अधिकार त छैन मलाई तर पनि आज एउटा कुरा माग्न मन लागेको छ, तँ सँग। कलेजका हाम्रा साथीहरूले, तेरो दिदिले कसैले पनि मेरो बारेमा सोधे भने त्यो मरिसकी भनिदिनु है, प्लिज! था छैन, उसले यति भन्दै गर्दा कति आँसु बगाई। तर मैले आफुलाई सम्हाले किनकी छोरा मान्छे रुनु हुदैन भन्ने समाजमा जो हुर्किएको थिए। कहि कतै मान्छेहरूले भनेको सुनेको थिए, केटाले भन्दा केटीले धेरै माया गर्छन रे! तर मैले पनि अनुभव गरेको छु, थोरै भएपनी जिन्दगीलाई जिएको छु। त्यसैले भन्न्न मन लाग्यो, केटीले जति माया केटाले गर्नै सक्दैन तर मापन नै गर्ने हो भने केटा मनले गरेको प्रेम केटिको भन्दा कताकता गहिरो हुन्छ। फरक यति हो, केटा ब्यक्त गर्न जान्दैनन् केटि कोमल जात भएकाले माया दर्शाउन जान्दछन। त्यो पनि त्यही भएको थियो, उसले खुबै माया बर्षाउदै थिइ मेरो लागि तर म जानजान मनमा माया गुम्साउदै थिए। आफ्नो बह पोखेर उ आफ्नो बाटो लागि। अनि म, पीडा नै पिडाको भारी शरीर बोकेर घर फर्के। सबथोक दिदिलाई भन्नू नै थियो। उसले मेरो सबै कुरा सुनी। र गहिरो श्वास लिदै भनी, तैले यतिधेरै चाहिँ गर्न हुन्थेन भाइ। उसले तलाई औधी माया गर्छे। अरु केही भनेर टाढिन सकिन्थ्यो होला, यति धेरै गरेपछि उ माथी के बित्यो होला भन त? अब बाचुन्जेल तलाई नराम्रो सोच्नेछ उसले, केटामान्छे प्रती बिश्वास गुम्नेछ उसको, आफ्नो घर बसाउन सक्नेछैन उसले, जिन्दगीभर तेरै यादले सताउनेछ उसलाई। तैले सत्य कुरा उसलाई एकपटक भन्नै पर्छ भाइ। जा, अन्तिम पटक भेटेर आइज र सबका सब छर्लङ्ग पारेर आइज। तर मैले नजाने निर्णय गरे र दिदी लाई सम्झाए। हेर दि, उसलाई मैले अब फेरि भेट्नु र सब सत्य कुरा भनिदिनु जस्तो ठूलो मुर्खता केही हुन्न जीवनमा। सोच त, अबको केही समयपछि म मर्दैछु भन्ने कुरा सुन्दा उमाथी के बित्छ होला? कसरी सहन सक्छ होला उसले? कसरी कन्ट्रोल गर्ली उसले? म उसको खुसी हेरेर अन्तिम सास खुसीसाथ फेर्न चाहान्छु दि। त्यसै पनि उसको बिहे हुदैछ। मैले सुनेको, केटाले धेरै माया गर्छ रे, धनी छ रे, बिहेपछी अमेरिका लान्छ रे। सोच त, बिहेको त्यो पहिरनमा कति राम्री देख्छ होला है त्यसलाई? अब जानीजानी म उसको खुसी कसरी लुट्न सक्छु भन त?दिदिले मलाई निधारमा चुमेर सोधी, कति महान छ मेरो भाइ, तर तँ कतिन्जेल आफुलाई पीडा दिएर अरुलाई खुसी पार्दै हिड्छस भन त? आखिर कति नै बाच्छु र अब? जतिन्जेल बाच्छु त्यतिन्जेल उ खुसी भको हेर्न र सुन्न चाहान्छु दि। फेरि दिदिको पनि गह भरिन सुरु भैहाल्यो र बग्न थाले, मोतिका थोपाहरु। यतिकैमा मैले सोधे, बरु दि मेरो एउटा काम गर्दिने हो? उसले आँसु पुछ्दै भने, अ। म एउटा डायरी मेरो जीवनभरको चिनो स्वरुप उसलाई उपहार दिन चाहान्छु तर त्यो हिम्मत ममा छैन। उसलाई लगिदेन है? उसले फेरि हुन्छ भन्दै मुन्टो हल्लाई। र, डायरीमा शब्द भर्न सुरु गरे। लेख्न धेरै मन थियो। तर केही लेखिन। उसको नाममा एउटा चिठी लेख्न मन लाग्यो। र लेखे पनि।डियर मेरो हजुर! यो जुनीदेखी अर्को सात जुनी सम्मको सम्झना र माया।खै, के भनेर सम्बोधन गरौ! हुन त अरु कसैको भैसकेको मान्छेलाई आफ्नै भनेर सम्बोधन गर्न अधिकार छैन मलाई। र जबर्जस्ती त्यो अधिकार हत्याउन पनि चाहान्न। जिन्दगीभर तिम्ले मलाई धोखेबाज ठान्नेछौ त्यसैले यो डायरी भर्दैछु तिम्रो नाममा। मैले तिमिलाई जति माया कहिल्यै र अरु कसैलाई गरेको छैन। तिमीसँग भेट हुनु भन्दा धेरै अगाडिको कुरा हो, म ब्रेन ह्यामरेज बाट ग्रसित थिए। यदि बिज्ञान साचो निक्लिएछ भने अबको केही समयपछि म सदाको लागि बिदा हुदैछु। तिमीलाई भेटेर माया नगर्नु पर्थ्यो मैले, तिमीसँग नजिक नहुनुपर्थ्यो मैले। हुन त तिमीसँग भेट्नु, माया गर्नु, छुट्नै नसक्ने बन्धनमा बाधिनु र फेरि छुट्नु यो सब दैबको खेल नै होला। स्वार्थी मान्छेको जात नै हो। मलाई पनि बाचुन्जेल कसैको माया, कसैको साथ चाहिएको थियो जुन तिमिबाट पाए। केही दिन भए पनि जिन्दगीलाई रंगीन बनाएर जिउन पाए, तिमी प्रती यो जुनी मात्र हैन, थुप्रै जुनीसम्म आभारी रहनेछु। मलाई था छैन तिम्रो हातमा यो डायरी आउँछ कि आउदैन तर हाम्रो माया साचो छ भने अबश्य तिमिले यो डायरी पाउनेछौ। सायद त्यतिबेला सम्म म धरती हुनेछैन। अन्तिममा एउटा बिन्ती बिसाउन मन लाग्यो तिमीसँग, मलाई कहिल्यै धोकेबाज नठान्नु है। कोमल मन छ, सानै कुरामा रोइहाल्नुपर्छ तिम्लाई। अबदेखी कहिल्यै नरुनु। सासू, ससुरा घरपरिवारको मन जित्नु र श्रीमानलाई धेरै माया, बिश्वास गर्नु है। र, मलाई साच्चै माया गरेको हो भने प्लिज फर्गेट मि। अर्को जुनीमा फेरि भेटौला। अलबिदा मेरो हजुर।