लहान, १८ असार । लहान १३ मा सुखिपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादवलगायत पाँच । सात जनाले एक महिलालाई मनासन कुटपिट गरेको छ ।
सुखिपुर ४ का वडाध्यक्ष हाल लहान १३ राजदेवी चौकमा बस्दै आएका रामलोभित यादवले स्थानीय अन्य धर्मजातको मानिससँग किन बोलेको भन्दै ममतादेवी यादवलाई असार ७ गते मरनासन कुटपिट गरेको छ ।
कुटपिटबाट पीडित ममतादेवी यादवको कम्मरको हड्डी भाँचेको छ भने शरिरमा चोटपटक लागेर असक्त भएको छ । पीडितको उपचार लहानमा सम्भव नभएपछि विराट नर्सिगँ होममा उपचार भइरहेको छ । उपचारको क्रममा पीडित ममता आजभोली घर फर्किएकी छन् ।
पीडितपक्षले असार १० गते ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएपनि हालसम्म ममतादेवीले न्याय नपाएको रामपरिक्षण यादवले बताए । उपचारमा एक लाखबढी खर्च भएपनि वडाध्यक्ष रामलोभित यादवले हालसम्म कुनै क्षतिपूर्ती भरेको छैन ।
उपचार तथा क्षतिपूर्तीको लागि लहान प्रहरीले दुवैपक्षलाई छलफलमा राखेको थियो । छलफलमा वडाध्यक्ष यादवले असार १६ गते उपचार तथा क्षतिपूर्ती वापत ९५ हजार दिने निर्णय भएको थियो । उपचार खर्च असार १७ गतेसम्म पनि नदिएको पीडितपक्षले जनाएको छ ।
उता, महिलालाई अभद्र व्यवहार गर्दै वडाध्यक्षसहित वडाध्यक्षका छोरी रेखा यादव, नविन यादव, दीपक यादव, रिता यादव, चुल्हाई यादवलगायतले पीडित ममतालाई कुटपिट गरी मरनासन अवस्थामा पुर्याएको थियो । कुटपिट गर्ने उपर पीडितपक्षले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
उजुरीको सुनवाई नभएको भन्दै पीडितपक्षले आक्रोशित हुँदै कानुनी प्रक्रिया सक्रिय पारिदिन सरोकारवाला निकायसँग माग गरेको छ । ईलाका प्रहरी कार्यालय लहानमा डिएसपी शरद थापाले ‘घटनाको छलफल हुँदा पीडितलाई उपचार खर्च दिन भनिएको हो ।’ यसको लागि समयमा उपचार खर्च नपाएपछि कानुनी प्रक्रिया अगाडि बढाउँन पछि हटने डिएसपी थापाले बताए । कुटपिटको क्रममा पीडितको २ थान मोवाईल ३० हजारको समेत क्षति भएको छ ।