महोत्तरी ।महाेत्तरी जिल्लाकाे गाैशाला वजारमा युरीया मल्लकाे हाहाकार भएकाे राेशन खाध दाव बिज भण्डारका प्राेप्राईटर विरेन्द्र कुमार सिंहले महाेत्तरी टु डे वनलाइन टि भि बाट संचालित कार्यक्रम ” गाैशाला खबर”मा पत्रकार नरेन्द्र महताे सँगकाे कुराकानिमा बताउनु भयाे ।विगत वर्षमा एउटा खाध व्यापारीलाई गाैशालाका मिडियाले कालाेवजारी गरेकाे कारण पक्राउ गराएका थिए त्यसै दिन देखि गाैशाला वजार खाधकाे अभाव भएकाे हाे । कुनै व्यापारीले मलमा कालाे वजारी गर्न सकिँदैन किन भने मल महँगाेमा खरीद गरेकाे कारण सय पचास वढि लिएर विक्रि गरि रहेका सिंहकाे कथन थियाे ।
तर अहिले मलकाे अभाव भएकाे कारण भारत बाट ल्याएकाे मल ग्रामिण क्षेत्रमा १३ सयकाे बाेरा विक्रि गरिदैछ तर गाैशालामा १४ सयकाे नेपाली मल बिक्रि गर्दा मिडिया हल्ला गर्छ अाज गाैशालामा मिडिया छैन किन बाेलिदैन प्रति उहाँले अाक्राेस व्यक्त गरे ? सबलाई जानकारी भएकै हाे साल्ट ट्रेनिगं बाट मल कसरी अाँउँछ तर जे भए पनि गाैशालामा मिडियाकाे कारण युरिया मलकाे हाहाकार भएकाे छ । गत हप्ता नगरपालिकाले हामिहरुलाई छलफलकाे लागि बाेलाएका थिए मल वजारमा कसरी उपलब्ध हुन्छ वारेमा, हामिहरुले स्पष्ट सँग भने नगरपालिकाले मल उपलब्ध गराई दिए भने जतिमा विक्रि गर्न भन्नू हुन्छ त्यतिमा बिक्रि गर्न हामी तयार हुने उनले जनाए ।
अर्काे प्रश्ननमा जाँहा कालाेवजारी हुन्छ त्यहाँ गाैशालाका मिडिया एक शब्द किन बाेलिदैन ? धनुषा जिल्लामा डिपाे भएकाे कारण उहाँका व्यापारिहरुलाई मल उपलब्ध भईरहेकाे छ तर महाेत्तरी जिल्लामा एउटा पनि डिपाे नभएकाे कारण मलकाे अभाव भएकाे याे पनि कारण हाे सिंहले जनाए ।वजारमा प्रति दिन हजाराै किसानहरु मल खाेज्न अाउँछ तर मल नपाएकाे कारण चिन्तित भएर घर फर्कन् छन ।