रौतहट १४ अषाढ। रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं २(क) नेपाली कांग्रेसबाट निर्वाचीत हुनु भएको प्रदेश सांसद नागेन्द्र प्रसाद सिन्हाले हालहीमा नागरिकता विधेयकलाई मधेशी संग विभेद गरेको आरोप लगाएका छन् ।
नेपाल मा ५०%भन्दा बढी जनसंख्या मधेसी समुदायको रहेको छ । प्रत्येक परिवार खास गरी छिमेकि राष्ट्र भारतमा आज देखि होईन, यूगौ यूग देखि अहिले सम्म याहाँ का छोरा छोरी को विवाह हूदै आईरहेका छन् । यसैले त भारत सॅग हाम्रो बेटी रोटीको सम्बन्ध छ,सबै नेताहरु ले बोलने गर्दछन् ।
यो नागरिकता विधयेक ले सो रिस्ता लाई धमिलो पार्ने काम गरेको छ ।यस कारण देशमा वसोवास गर्ने सवै समूदायको मनोभावना लाई ध्यानमा राखी यो नागरिकता विधयेक सच्याउने तर्फ जानको लागि यो सरकार को ध्यानाकर्षण गराउन चाहन्छु ।
मधेशमा नागरिकता को विषयमा कती चोटी आन्दोलन भई जन धनको व्यापक क्षती भएको छ, र यो नागरिकता विधयेक ले पनि मधेशमा मधेसी हररूलाई आ आफनो चोरी बुहारीको हकमा नरहेको देखिन्छ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र पछि शान्ति का आशा पलाएको हूदा हूदै यो नागरिकता विधयेक ले सम्पूर्ण देशवासीलाई नै अशान्ति को अनूभूति भयको महशूस गरिरहेको छ ।
अन्य राष्ट्र वाट विवाह गरी ल्याएको छोरी वूहारीलाई ७ वर्ष सम्म नागरिकता न दिनू, योग्य, शिक्षित महिलाहरूको आफ्नो अधिकार समेत् वाट बन्चित राख्ने विधयेक हो र यस्तो विभेदकारी विधयेक लाई मधेसी समुदाय ले कहीलै पनी स्वीकार गर्न नसक्ने बताएका छन् ।
आफनै दरवाजामा बसी सन्चारकर्मीहरुसँग कूरा गर्दै कोरोनाको मार विश्व भरी नै केपी रहेको अवश्थामा जनताको मनोभावना विपरीत विधयेक ल्याई संघीय सरकारको दूष्टमनोभावना रहेको र यो नागरिकता विधयेकले मधेसी लाई थप पिडीत बनाएको आरोप प्रदेश सांसद श्री सिन्हाको रहेको छ ।