सुमन सागर/बेलका ,उदयपुर ९ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगरका नगर अध्यक्ष मनोज तामाड० र बेलका नगरपालिका वडा नं ४ का वडाध्यक्ष दिपक दंगाल ले आफ्ना छोरा र छोरीको भर्ना आज स्थानिय सामुदायिक बिद्यालय जनता माबि गुरुड०चौरीमा गराएका छन। माबि गुरुड०चौरीले आज असार ८गते आयोजना गरेको बिद्यार्थी भर्ना कार्यक्रममा अध्यक्ष द्वयले आफ्ना नानीहरुलाई सो सामुदायिकविद्यालयमाभर्ना गराएका हुन ।
अध्यक्ष तामाड०ले आफ्नो छोरा प्रमिस लामालाई स्थानिय एक निजी बिद्यालयबाट निकालेर सामुदायिक बिद्यालयको कक्षा ६मा भर्ना गरिदिएका हुन भने वडाध्यक्ष दंगालले पनि आफ्नो द्वय छोरीहरु मोहिका दंगाल र साईजा दंगाललाई अर्को निजी बिद्यालयबाट निकालेर क्रमस कक्षा ५ र कक्षा ० मा भर्ना दिएका हुन।अध्यक्ष तामाड० सोही विदयालयका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुन भने वडा अध्यक्ष दंगाल सो बिद्यालयका पदेन सदस्य हुन।अध्यक्ष द्वयले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गरीदिए पछि अन्य अभिभावकहरुले पनि आफ्ना नानीहरु निजी विद्यालयवाट निकालेर धमाधम सामुदायिक विद्यालयमा नाम लेखाईदिन थालेको बेलका नगर शिक्षा शाखाका श्रोत व्याक्ती सम्मर बहादुर राईले बताउनु भयो।श्रोत शिक्षक राईले आजै मात्र ३७जना बिद्यार्थी निजिबाट निस्किएर गुरुड०चौरी माबीमा भर्ना भएको बताउनु भयो।
विद्यालयमा भर्ना हुन आएका नव विद्यार्थीहरुलाई बेलका नगरका मेयर तथा प्रमुख अतिथी दुर्गा कुमार थापा , नगर शिक्षा प्रमुख सुनिल निरौला,बिव्यास अध्यक्ष मनोज तामाड०, नेकपा उदयपुर जिल्ला सदस्य रमन भट्टराई,वडाध्यक्ष दिपक दंगाल,नेकपा नगर सचिव गणेश बस्नेत ,प्रअ लगायत अन्य अतिथीहरुले फ़ुल माला अबिर र खादाले नानीहरुलाई विद्यालयमा स्वागत गर्नु भएको थियो।
नगरप्रमुख थापाले वालवालिकालाई उनिहरुको मनोविज्ञान बुझेर पठन पाठनमा उत्प्रेरित गराउनु पर्ने वताउनु भयो । मेयर थापाले अब खैनी माड्दै विद्यालय आउने शिक्षकहरु सच्चिनुको बिकल्प नरहेको र लक डाउनको अबधिभर घरै बसेर मात्रै सरकारी तलब खानु पाप हुने बताउनुभयो।
नगर शिक्षा प्रमुख सुनिल निरौलाले अब सामुदायिक विद्यालयले फड्को मारिसकेको हुनाले अभिभावकहरुले निर्ढुक्क आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गर्नुभयो।अध्यक्ष तामाड०ले आफ्नो नानीलाई पनि तपाई अभिभावकहरुकै नानीहरुसंग संगै राखेर पढाउने र सबैका नानीहरुलाई अब कुनै कुराको अभाव हुन नदिने र यस्मा सबै पक्षले सहयोग गर्न अनुरोध गर्नुभयो।
विद्यालयले यसै शैक्षिक शत्रबाट सिभिल ईन्जिनियर र ०-८कक्षामा अंग्रेजी माध्यमको कक्षा संचालन गर्दै छ भने,१०जोड २ कक्षामा बिज्ञान बिषयको पठनपाठन सुरु गराउने भएको छ।