सचिता सिंह, लहान ३१ जेठ । नेपालम पहिलो पल्ट आर. सि. सि. ढलान गर्ने नयाँ प्रविधिका मिक्चर मेशिन निर्माण भएको छ ।
सिरहाका धनगढीमाई नगरपालिका २ भवानीपुर धनगडाका एक ३० वर्षे युवक नौसादले सो मेशिन नेपालमै पहिला पल्ट निर्माण गरेको दावी गरेका छन ।
रोडमा आर. सि. सि. ढलानमा एकदमै उपयुत्त हुने बताए । आफनो देशमा जति पनि कन्ट्रक्सन काममा प्रयोग हुने सबै मेशिनहरु अपगे्रड गर्नेमा जोड दिएका छन ।
ढुवानी लेवर कम लाग्ने, बढि मात्रामा मसाला बनाउने, छिटो र सुबिधा समपन्न तरिकाबाट काम सम्पन्न गर्ने उद्देश्यले सो मेशिन निर्माण गरेको बताए । आफ्नो प्रविधि आफ्नै देशमा हुनुमा मेरो गर्व छ । अर्काको बैदेशि प्रविधि किन खरिद गर्ने अरुलाई किन पैसा दिने जस्ता कुराहरुमा बारम्बार वहाँले जोड दिएका थिए ।
१० बोरा सिमेन्टको मसला एकै पटकमा तयार गर्न सक्ने यसको क्षमता रहेको बताए ,अब छिटै नै यहि मेशिनबाट मसला तयार गरि घरको छत ढलानका लागि दुइ देखि तिन तलासम्म हाइड्रोलिक सिस्टमको मेशिन बनाउने सोचमा रहेको नौसादले बताए ।
तपाईको यो नयाँ प्रविधि बिकाउछ कि भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै भने, मलाई पहिला आफ्नो देशको लागि केहि गर्नु छ ,आफ्नो देशमा कहि गरेर देखाउनु छ । पहिला आफ्नो देश बनाउनु, त्यसपछि अरुको देश बनाउने जस्ता उखान टुक्का समेत दिनुभयो ।
यस नयाँ प्रविधिबाट गरिएको काम प्रति स्थानिय वासिन्दा पनि खुसि भएको धनगढीमाई नगरपालिका २ का वडा सदस्य मोहोम्मद हासिम मियाँले बताए । सानै देखि यी युवकको मेशेनेरी सामान बनाउने.तर्फ बढि ध्यान केन्द्रित रहेको सोहि वडाका एक बुद्धिजिवि कपलेश्वर साहले. प्रसंशा गर्नुभयो ।
भिडियो सहित
https://youtu.be/btyPcuuAwos