जनकपुरधाम २८ जेष्ठ। धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमै एकजनाको झुण्डिएर मृत्यु भएको छ ।
जेठ १२ गतेदेखि इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका-१२ बरकुर्बाका २३ वर्षीय शम्भु सदा मुसहरको झुण्डिएको अवस्थामा शव फेला परेको हो
हिरासतको शौचालय भित्रै छानोमा पासो लगाएको अवस्थामा मंगलबार राति साढे २ बजे सदा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
गत जेठ १२ गते उनकै ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरी सवारी ज्यानको कसुरमा हिरासतमा राखेर कारबाही चलाएको थियो ।
उनले आत्महत्या किन गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
यता सदाको शव झुण्डेको अवस्थामा फेला परेपछि स्थानीयहरु प्रहरी प्रशासन विरुद्ध प्रदर्शन गरिरहेका छन् । स्थानीयहरुले इलाका प्रहरी कार्यालय सबैलाको कार्यालयमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन् । उनीहरुले घटनाको छानविन गरी दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

प्रशर्दनकारीहरुले प्रहरीको भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।भिडियो सहित हेर्नुस