रौतहट २७ जेष्ठ। रौतहटको सदरमुकाम गौर बि पि चोकबाट पश्चिम तर्फ जादै गरेको ट्याक्टर गौरूनगरपालिका वडा नं. ३ मचकुटियामा ट्रेक्टरले मंगलवार दिउँसो करिब १२.३० बजेको समयमा ठक्करदिदा एक बालिकाको घटना स्थल मै मृत्यु भएको छ ।
घर बाहिर बाटोको छेउमा खेली रहेको अवस्था ना. २ त.६९३६ नम्बरको ट्रेक्टरले ठक्कर दिदा अजय पटेलको ४ वर्शिय छोरी काली पटेल उर्फ आयुषा कुमारीको मृत्यु भएको छ । ट्रेक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । सोघटना को थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।