वीरगंज २७ जेठ।प्रसंग बारा जिल्लाको कलैया उप महानगरपालिकाको वडा नं. १६ को हो । सो वडामा निर्वाचित भएका वडाध्यक्ष शेषनाथ साह निर्वाचित भएको तीन वर्षदिन बितिसक्दा मुस्कीलले ३ दिन पनि वडा समिति कार्यालयमा पूरा समय उपस्थित भई राज्य सरकारले लिएको लक्ष्य तथा आफूले चुनावताका जनतासमक्ष गरेको वाचा अनुरुपका कामहरु नगरेको कुरा स्थानीय वडावासीहरू बताउ“छन् ।
कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत काममा व्यस्त रहने वडाध्यक्ष साहले सेवाग्रही वडावासीहरूलाई सानो तिनो सिफारिशका लागि समेत कहिले कलैया बोलाउने गरेका छन् भने कहिले आफू भएको ठाउ“मा त कहिले कहा त कहिले कहा बोलाएर सहि गर्ने गरेको वडावासीहरूले बताए ।
कोभीड19 को कारण विश्व नै त्रसित भएको बेला हामी खेती किसानी गर्ने किसानहरु बढ़ी मारमा परेका छौ ।
अहिले धान रोपाई गर्ने ,खेती गर्ने बेला हो लकडाउनको बेलामा किसानको लागि लालीगुरास कृषि सहकारीले मल खाद ल्याए पनि बड़ा अध्यक्ष साह ले बिक्री बितरण नगराएकोमा स्थानीय किसानहरुले आक्रोश ब्यक्त गरेका छन ।
पाँच मिनेटमा सम्पन्न हुने जन्मदर्ता, मृत्युदर्ता, विजुली इत्यादीको सिफारिश लिन पनि दिनभर लगाएर वडा अध्यक्षलाई टुकी बालेर खोज्नु पर्ने अवस्था आएपछि दैनिक ज्याला गरी साँझ विहानको छाक टार्ने वर्गका वडावासीहरू वर्तमान व्यवस्थाबाट दिक्क हुन थालेका छन् ।
चुनाव सम्पन्न भएको ३ बर्ष दिनमा मुस्किलले तीन दिन पनि पूरा समय वडा समितिको कार्यालयमा नबसेर सेवाग्रही वडावासीहरूलाई जथाभावी ठाउ“मा बोलाउन थालेपछि केही समय अघि मात्र सो वडाका बासिन्दाहरूले सामुहीक रुपमा वडा समिति कार्यालयमा तालाबन्दी गरी उनी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने निर्णय गरेका छन ।
कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, वडा विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफैं ठेकेदार बनी आप्mना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्न लगाएर २५ प्रतिशत बजेट विकास निर्माणमा खर्च गरी ७५ प्रतिशतसम्म झ्वाम्म पार्ने गरेका जन गुनासाहरू बढ्दै गएको देखिन्छ । उनको भ्रष्ट नीति विरुद्ध स्थानीयहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय शतर्कता केन्द्र लगायतमा उजुरी गर्ने तयारी गरिरहेको एक वडावासीले नाम नछाप्ने शर्तमा बताए ।
राहतको नाममा फर्म भर्न लगायर, हावा हुरि आसीनाको छति पुर्ति दिने बितरण गर्ने भनी नगरेमा स्थानीयवासीको गुनासो रहेको छ । यस्ता जनप्रतिनिधिमाथि कुनै कानुन र कारवाही गर्ने निकाय छ कि ? भनेर सोझा भलाद्मी वडावासीहरू प्रश्न गर्छन ।
न कुनै राजनीतिक अनुभव, न त कुनै समाज सेवाको अनुभव, न कुनै दक्षता न कुनै सामाजिक योगदान तर गलत र अवैध तरिकाले कमाएको अकूत सम्पत्ति अर्थात कालो धनलाई वैधानिक अर्थात सेतो बनाउन स्थानीय तहको चुनावमा उठेर सोही अवैध सम्पत्तिको खोलो बगाई विजयी हासिल गरेका कलैया–१६ का वडाध्यक्ष शेषनाथ साह वडा समिति कार्यालयमा कहिल्यै पनि उपस्थित नभई जनताहरूको काम कारवाहीमा अवरोध गरीरहेका छन् ।
यस्ता चरित्र भएका व्यक्तिलाई वडाध्यक्ष पदमा जिताएकोमा वडावासीहरू न्याउरी मारी पछुतो मानेझैं पछुताइरहेका छन् ।