कञ्चनपुर जेष्ठ २६ गते । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका २, अरनिकोबस्तीका एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।
आफनै घरमा सामान्य अवस्थामा सुत्केरी भए पनि अत्यधिक रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय २० वर्षीया लाजिमा मगरलाई केही दिन अघि सेती प्रदेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो।
पुनर्वास नगरपालिकाको सिफारिसमा सेती प्रादेशिक अस्पतालमा डाईलोसिस विधिबाट निशुल्क उपचार गराइरहेका मगर एक्कासि उपचार रोकिन्द अस्पतालमै छटपटीन बाध्य भएका थिए।
अस्पतालमा एक जना डाईलोसिस गरिरहेकै क्रममा एकजनाको मृत्यु भए पछि मृतकको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भए लगत्तै उक्त डाईलोसिस वार्डनै सिल गरिएको थियो । डाईलोसिस वार्ड सिल भए पछि उपचारार्थ बाँकी डाईलोसिसका बिरामी थप सङ्कटमा परेका हुन् ।
मेडिकल टिम र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको सहयोग र सहकार्यमा आज हेलिकप्टरमार्फत लाजिमा मगरलाई थप उपचारका लागि उद्धार गरि काठमाडौं लगिएको छ।
धनगढीबाट काठमाडौं बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न सुदुर पस्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तमाङ्गकाे पहलमा उद्धार कार्य सम्भव भएको निज बिरामीका आफन्त डम्मर तामाङले जानकारी दिनुभयो।
सुत्केरीलाई आजनै काठमाडौँ स्थित टिचिङ अस्पताल लगिएको छ। घरमै पहिलो सन्तानको रुपमा एक बच्चा जन्माएकी मगरको पेटमा केही ईम्फेक्सन देखिए पश्चात् धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको निजका श्रीमान् शक्ति तामाङले जानकारी दिनुभयो।