जेष्ठ २६ बझाङ । बझाङको दुर्गाथली गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले पत्रकारलाई घुष मागेका छन ।
बझाङको दुर्गाथली गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र त्यसै गाउँपालीकाका लेखा अधिकृतले ५० हजारको चेकमा २० हजार घुष मागेको हो ।
जिल्लाको स्थानीयतह दुर्गाथली गाउँपालीकाका जनप्रतिनिधिहरुको पत्रपत्रिकामा शुभकामना सन्देश धनगढीमा रहेको धनगढी पोष्ट दैनिक पत्रिकामा दशैको शुभकामना छापेवाफतको रकम भुक्तानी लिन गाउँपालीकामा पत्रकार उत्तम कुमार थापा र पत्रकार दोरेन्द्र खड्का गएका थिए ।
पत्रकार थापाका अनुसार आफु मितिमा २०७७ र१ महिना ३० गते गाउँपालीकामा गएको दिन जनप्रतिनिधि र कर्मचारीहरुको बैठक बस्ने प्रकृयामा थियो बैठक बस्नु अगाडि आफु पुगेको कारण जनप्रतिनिधिले छपाउन दिएको सन्देशको भुक्तानी गरिदिन गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायलाई भनेपछि हुन्छ भन्दै उनले लेखापालको हातमा पत्रिका सहित विल दिए, तर उनको विपद व्यावस्थापन र राहत सम्वन्धि बैठक भएको हुदा बिहान १० बजे गाउँपालीका पुगेका पत्रकार बेलुकी ५ बजे सम्म कार्यालयमा बसि रहेका थिए ।
उनको बैठक बेलुकी ४स्३५ बजेको समयमा सम्पन्न भयो हाकिम र लेखा अधिकृत कार्यालयमा आए, अनि पत्रकार थापाले आफ्नो काम गरिदिन आग्रह गरे, लेखा अधिकृतले काम अगाडि बढाए भौचर उठाउन थाले र उठाए चेक पनि काटे उनले ४:४५ बजेको समयमा चेक निकाले त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय कोठामा गएका रहेछन ।
तर हामीलाई थाहा थिएन,, लेखा अधिकृतले आज बैठक भएको हुदा जनप्रतिनिधिले तनाव गरेको बताउदै,तपाईंको चेक बनिसकेको छ । तपाईंको खाता भए खातामा हाली दिन्छु नत्र म दुई दिनमा चैनपुरमा आउन्छु त्यतै दिउला भन्ने कुरा गरेका हुन । त्यति वेला उनी र हामी विच कुरा हुदा हुदै ४स्५९ मिनेट समय भएको थियो घर गएका हाकिमले लेखा अधिकृतलाई फोन गरेका रहेछन ।
उनले फोन गर्दा दुवै जना विच के कुरा भयो हामीलाई थाहा थिएन लेखा अधिकृत दिपक राज पाण्डेल मुसुक्क हास्न थाले हामीले लेखाअधिकृतलाई सोधेका थियौं हाकिमले के भने सर भनेर प्रश्न उठायौ उनले मुसुक्क हास्दै भने,सर तपाईंको चेक त बन्यो अब भन्दै हास्न थाले । हामीले फेरि सोधेका थियौ किन हास्नु भएको सर सिदा भन्नुहोस न उनले भने अलिअलि दिनु भनेका छन भनेर उत्तर दिए,के हो सर अलिअलि भनेर फेरि प्रश्न गर्यौ रु लेखा अधिकृतले तपाईं सानो पत्रकार हो मिलेर काम गर्नु पर्छ हामी परिक्षणकालमा छौ भन्दै मुस्कुराउदै भने पैशा २० हजार चाहियो भन्ने कुरा गरे हामी अचम्म परेका थियौ ।
पचास हजारको चेकमा २० हजार घुष यो कस्तो जमाना हो ,, हामिले रिसाउन थायौ यस्ता नि अधिकृत हुन्छन अनि घुस माग्ने लेखाअधिकृत भन्न थाल्यौ लेखा अधिकृतले काटिसकेको चेक चैनपुरमा पुर्याउने आशोसन दिएका थिए हामीले अनि चेकको फोटा खिच्ने काम गयौ चेकको फोटा खिचेर हामी सरासर चैनपुर तर्फ लायौ ।
हामीलाई लाग्यो कि उनले चेक काटिसकेको र भौचर उठाई सकेको थियो फेरि आफैले भोली चैनपुरमा चेक ल्याईदिने बताएको हुदा पक्कै चेक आउन्छ भन्ने आशामा थियौ मिति २०७७ /१ महिना ३० गते काटेको चेक पाच गते सम्म आएन नत हामीलाई जानकारी नै गरेका थिए । सबै काम भएको हुदा चेकमा हस्ताक्षर गर्नमात्र बाकी थियो।
गाउँपालीका अध्यक्षले काम भयो कि भन्दा हामीले भैईसक्यो सर भनेर उत्तर दिईसकेका थियौ । चेक काटेको पाचपाच दिन वितिसक्दा पनि केही सुनुवाइ नभए पछि फेरि पाच गते दुर्गाथली गाउँपालीकामा गयौ हामीले अवत हाम्रो काम भएको होला सर चेक दिनुन भन्दा उनले काम हुदैछ तपाईं ढुक्क हुनुहोस भन्दै घर पठाएको हुन । हामी घर आएर दुर्गाथली गाउँपालीका अधिकृतलाई चेक बन्यो कि भनेर सोध्दा हुदैन त्योकाम भन्ने गरेका थिए ।
गाउँपालीकामा २०७७/१/३० गते काटेको चेक २४ गते सम्म हामी सामु नपुग्ने पछि २५ गते हामी गाउँपालीकाका गएका थियौ हाम्रो काम भएको छ कि सर आज सम्म किन चेकमा हस्ताक्षर गरिएन भन्दा तपाईंको काम हुदैन भन्दै चेकमा कालो कलमले दुई धर्सापारी दिनु भयो अनि हामीलाई रिस उठ्न थाल्यो कमिसन दिन नमाने पछि काटेको चेक प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले रद्ध गरिदिएका छन । उनले ३० गते चेक काटि दिएको थियो अध्यक्षले दिएको निवेदन बदल्दै ३१ गते भनेर तोक लगाएको स्पस्ट देखिन्छ पत्रकार बाटै घुष माग्छन हाकिम अरुको त कुरै छोडौ ।
दुर्गाथली गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र लेखा अधिकृत खुलेयाम घुस कमिसन माग्छन उनले पत्रकारलाई सानो पत्रकार भन्दै घुष मागेका थिए घुस नदिएको कारण भौचर उठाएर बनिसकेचेकमा हस्ताक्षर पनि गरेनन चेक साचि रहेको छ । पत्रपत्रिका शिर्षकमा बजेट छुट्याइएको स्पस्ट देखिन्छ । दुर्गाथली गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले कमिसन नदिएको भन्दै केही समय अगाडि १६ लाखको सम्झौता पनि रद्ध गरेको पाईन्छ । उनिहरु प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय र लेखा अधिकृत दुवै नया हुन उनले पहिलो पहिलो परिक्षणकालमा अलिकति कमाउने धन्दा चलाएका छन ।
हाल दुर्गाथली गाउँपालीकामा प्रमुख प्रशासकीय अधिकृतले सुब्बा भएर बुङ्गलका काम गरेका थिए मैले बुङ्गलमा धेरै यस्ता काम गरेको भन्दै घुष दिएपछि मात्र चेकमा हस्ताक्षर गर्ने बताएका हुन हाताहात घुष नदिएपछि चेकमा कालो कलमले केरमेट गरेको पाईन्छ । उनलाई गाउँपालीका अध्यक्षले छापेको शन्देशको भुक्तानी दिन लेटरप्याडमा निवेदन दिए, तर अध्यक्षले दिएको पत्र च्यात्तिएको पाईन्छ । त्यति मात्र हैन गाउँपालीकामा कोरनाको नाममा आएको बजेट हिनामिना हुनथालेको र स्टोरकिपरलाई कुनै जानकारी नदिएर हाकिमले के के सामान आएको छ केथि थाहा नभएको अहिले सम्म लाखौको सामान किनेको तर स्टोरमा केही जानकारी नभएको बताएको छ ।