सिरहा, २५ जेठ, सिराहाको गोलबजार नगरपालिका ९ रहेको मारुती सिमेन्टमा बन्दै गरेको नयाँ प्लान्टबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
मारुती सिमेन्टको बन्दै गरेको नयाँ प्लान्टको निर्माणाधीन संरचनामा काम गरिरहेका भारतको गुवाहाटीका महर अलीको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु प्रसाद जैसवारले जनाएको छ ।
नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका अलीको कर्जन्हा स्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जैसवारले जनाएको छ ।