बिरगंज २२ जेठ।सशस्त्र प्रहरी बल बिअोपी भिस्वाले २२ लाख ४८ हजार नेपाल प्रहरी भिस्वा चौकीले १० लाख रुपैयाँ मोटरसाइकल सहित एक एक जना गरि दुई जनालाई पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी पर्साको छिपरमाई गाउपालिका बंजारी बाट अाज बिहान सशस्त्र प्रहरी बल १३ हेक्वा र सशस्त्र प्रहरी बल बोर्डर अाउट पोष्टले विशेष सुराकीमा भिस्वा बंजारीले मोटरसाइकल को ट्यांकी मा रहेको ठूलो परिमाण मा नेपाली नोट समेत एक युवक लाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी भिस्वा चौकीले जयमंगलापुर बाट १ जना मानिस र मोटरसाईकल सहित १० लाख रुपैयाँ सहित पक्राउ गरको छ ।
छिपहरमाई गाउँपालिका को भिस्वा बाट बहुदरमाई नगरपालिकाको भौराटार लेजादै गरेको ना४३प २८०२ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा ट्यांकी बाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बोर्डर हेक्वाको र आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीका को कमाण्डमाले पक्राउ गरेका छन्र ।
सशस्त्र प्रहरी उपरीक्षकको अनुसार संका को अधारमा बिहान ९/३० बजेको समयमा चेकजाँच गर्दा मोटरसाइकल को फलास ट्यांकी मा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वार्डनं ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश कुमार साहलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले बताउनु भएको छ।
द्रयप्रहरीले पक्राउ गरेको रकम को स्रोत नखुलेको बरामद भएको नेपाली रुपैया हजार को २४८ थान पाँच सय को ३२सय थान ,सय को ३हजार थान, पचास को २ हजार थान नोट हरु बरामद भएका छन ।बरामद भएका मोटरसाइकल ,नगद रुपैया ,सहित पक्राउ परेका साह लाई जिल्ला प्रहरी कार्यालय पर्सा मा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवर ले जनाएका छन।
नेपाल प्रहरीले पक्राउ गरेको १० लाख नगद र मोटरसाइकल सहित एकजनालाई पक्राउ गरि थप अनुसन्धानको भईरहेको पर्सा प्रहरी प्रहरी प्रमुख गंगा पन्तले बताउनु भएको छ ।