१४ जेठ। मधेश ईन्जिनियर्स एसोसिएसनले तिन उपसमितिहरु लाई जिम्मेवारी तोकिएको छ।
मधेश ईन्जिनियर्स एसोसिएसन को केन्द्रीय समितिले द्वारा गरिएको निर्णय अनुसार विकास निर्माण कार्यसमिति, समाजिक सुधार कार्यसमिति र संगठन विस्तार कार्यसमिति विभाजन गर्नु पर्ने भएको हुनाले करोना भाइरस को कारणले विश्वव्यापी महामारी को अवस्था सिर्जना भएको कुरा सबै अवगत नै छ। तथापि फोन , मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत केन्द्रीय समिति को सर्वसम्मत निर्णय बाट तिन वटा समिति मा सात-सात जना रहने गरी एउटा संयोजक, सह संयोजक र पाँच जना सदस्य सहित २१ जनालाई जिम्मेवारी तोकिएको छ।
संगठन बिस्तार कार्यसमिति संयोजकमा औम नारायण यादव, तपेश्वर यादव – सह-संयोजक, सदस्यहरुमा स्तुति झा, रघुनन्दन ठाकुर, विकास ठाकुर, जितेन्द्र राय, रमेश कुमार यादव रहेका छन ।
विकास निर्माण कार्यसमिति संयोजकमा अविनाश कुमार मंडल, सितेश यादव-सह-संयोजक, सदस्यहरुमा तेजनारायण यादव, शैलेन्द्र यादव, रोशनी कुमारी झा, दयानन्द साह, बालबोध यादव रहेका छन ।
समाजिक_सुधार_कार्यसमिति संयोजकमा मनिष प्रसाद केशरी, रवि पटेल -सह-संयोजक र सदस्यहरुमा सफल कुमार साह, नितु राउत, नविन कुमार यादव, पल्लवी गुप्ता, मधुरेन्द्र कुशवाहा रहेको मधेश ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. संजिव नारायण यादवले जानकारी दिए ।