धनुषा जेठ १० गते ।धनुषाको औरही गाउँपालिका प्रमुखको बदमासी बिरुद्व स्थानिय आक्रोशित भएका छन ।
सांसदिय बजेट फ्रीज गराउने गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवको सडयन्त्र बिरुद्व बिरोध प्रदर्शन गरेका छन ।
यो दृश्य औरही गाउँपालिकाको हो ! जनता समाजवादी पार्टी का प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगडियाले छुट्ट्याएको बजेट अध्यक्ष अध्यक्ष यादवले फ्रीज गराउने खेलमा लागेको जनता समाजवादी पार्टीका नगर अध्यक्ष कमल देव मण्डल ले जानकारी दिए ।
प्रमोद अधिकारी , जिल्ला सदस्य रामेशवर यादव , लाल बहादुर यादव , सरोज मण्डल , सन्तोष कर्ण लगायतको नेताकार्यकर्ताहरुले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम को रकम फिरिज गर्न लागेको भन्दै बिरोधमा उत्रेका हुन ।
औरहीमा ५० लाखको भवन निर्माणका लागि बजेट छुट्ट्याईएको छ ।
आन्दोलनकारी संग बजेट सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी संग टेलिफोनमा कुरा गर्दा आन्दोलन नगर्नु अग्रह गरेका छन । उक्त रकम फिरिज हुन नदिने प्रतिबद्वता जनाएका छन ।