राधेश्याम राम /चकदह सप्तरी, ०८ जेष्ठ ।
कोरोना भाइरस (कोभिड१९) को मारमा परेका सुरुंगा नगरपालिका सप्तरी अन्तर्गतका चार वटा कृषक समुहहरु किसानहरुलाइ ३ लाख बराबरको कृषिजन्य विउविजन लगायतका सामग्रीहरु सहयोग गर्नु भएको छ । सुरुङ्गा नगरपालिका सप्तरीका नगरप्रमुख मुक्तिनाथ चौधरी र विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थितीमा उक्त सामग्रीहरु सहयोग गर्नु भएको हो ।
मुलुक बन्दाबंदी अवस्थामा रहेको २ महिना बितिसक्दा यस क्षेत्र अन्तर्गत रहेको कृषकहरु पारिवारिक छाक टार्न र पारिवारिक व्यवासय निरन्तर बढाउनको लागि चरम अभाव खेपिरहेको बेला यो सहयोग गरिएको हो । ‘सेभ द चिल्ड्रेन’ संगको साझेदारीमा सबल नेपालद्धारा संचालित समुन्नति परियोजना अन्तर्गत सुरुङ्गा नगरपालिकामा गठन भएको चार वटा कृषक समुहका ७० जना कृषकहरु र १२ जना व्यक्तीगतरुपमा खेती गरिरहेका किसानहरुलाई मौसम अनुसारको बिउ/बिजन, खाद, मल, क्यारेट, हजारी तथा विभिन्न किसिमका किटनाशक लगायत सिंचाईको लागि पाइप जस्ता सामग्रीहरु पहिलो चरणको आवश्यकता अनुसार वितरण गरिएको जानकारी सबल नेपालका कार्यकारी निर्देशक दिपक झा ले जानकारी गराउनु भएको हो ।
अति विपन्न परिवारका सदस्यहरुले कृषक समूह मार्फत गर्दै आएको तरकारी खेतिले बन्दाबन्दीका बेला पनि स्थानीय स्तरमा हरियो साग, तरकारी आपूर्ति व्यवस्थालाई सहज बनाइ आत्मनिर्भर बनाउने उदेश्यले वितरण गरिएको र भविष्यमा बेरोजगारीको अवस्था भयाभय हुन नदिनबाट बचाउन उक्त समुहहरुलाई आगामी दिनहरुमा खेत जोताईका साथै खेत भाडा वापत लाग्ने रकम समेत सबल नेपालले उपलब्ध गराएको जानकारी झाले दिनुभएको हो । पहिलो चरण अन्तर्गत सुरुंगा नगरपालिकामा सामग्री वितरण गरिएको र दोस्रो चरणमा खडक नगरपालिकामा समेत आवश्यकता अनुसारको सामग्री र सहयोग गर्ने सबल नेपाल सप्तरीको आगामी योजना रहेको जनाईएको छ ।
आफनो जग्गा नभएपनि उनी समूहगत रुपमा स्थानीय जग्गा धनीहरुसँग सहकार्य गरी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन । कतिपयले यसै खेति बाट आ-आफ्नो छोरा छोरीलाई उच्च शिक्षा समेत पढाई रहेका छन । शिक्षा, दिक्षा र गाँस बास, कपासको राम्रो माध्यम तरकारी खेति बनेको छ ।