नरेन्द्र महतो गौशाला ७ जेठ।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा रहेकाे एम्वुलेन्स प्राथमिक स्वास्थ्य केन्द्रकाे संस्थामा नराखि कयाैं महीना देखि एम्वुलेन्सकाे अध्यक्ष शेख उमेद र चालककाे मिलाेमताेमा चालकले अाफै लिएकाे घर भाडा नजिक राखिएकाे स्थानियहरुले जनाएका छन ।
उक्त एम्वुलेन्स कसैकाे निजि नभएकाेले अाफ्नाे घरमा राख्न नहुने यदि अज्ञात व्यक्तिले एम्वुलेन्सलाई कुनै प्रकारकाे क्षति पु याउँछ भने यसकाे जिम्मेवार कसले लिन्छ स्थानियहरुले चासाे व्यक्त गरेका छन? एम्वुलेन्सकाे अहिलेकाे एक दिनकाे अाम्दानि दसहजार भन्दा बढि रहेकाे छ तर चालकले भाडा कसलाई बुझाईएकाे छ भने वुझिनेकाे र बुझाउनेकाे सहि छाप रसिदमा नदेखिकाे कारण अनमियिता भएकाे हुन सक्ने शंका उव्जिएकाे छ ।
तर यस सम्वन्धमा चालक संजय साहले विशेष केही वताउन चाहनु भएन ।त्यस्तै एम्वुलेन्सका अध्यक्ष शेख उमेैद( उमेर) लाई यस सम्बन्धमा पटक पटक जानकारी माँग गरे पनि विभिन्न वहाना वनाएर पन्छिन खाेजिएकाे हाे। उता माथिकाे जति गुनासाे भएकाे छ त्याे सबै गुनासाे सहि र सत्य तथ्य रहेकाे सम्सी गाउँपालिका उप प्रमुख नागिना देवि यादवले स्विकार गरिन आफु पनि एम्वुलेन्स संस्थामा राख्नु पर्ने पटक पटक अध्यक्ष शेख उमैदलाई भने पनि कुनै वास्ता गरेन ।दुई महीना देखि काेराेना भाईरस अाएकाेले अध्यक्षले त्यसैकाे माैका छाेपि यस्ताे गतिविधि गरेकाे यादवले दावि गरिन।
अवकाे दुई चार दिनकाे भित्रमा एम्वुलेन्स अध्यक्ष सँग सबै हिसाब किताब माँग गर्ने र संस्थाकाे एक रुपयाँ हिना मिना भएकाे पाईएमा कानुन अनुसारकाे प्रक्रिया अगाडि वढाउनेमा पछि नपर्ने यादवले प्रतिवद्वा व्यक्त गरिन ।