महोत्तरी गौशाला ३१ बैशाख।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा नं ७ जमुनियामा अाईतवार बलात्कारकाे प्रयास भएकाे पिडित महीला वर्ष३५ अनिता देवि राउतले बताएकि छिन । अाफु घाँस काटि रहेकाे अवस्थामा स्थानिय राज कुमार सिंह दनुवारले बलात्कारकाे प्रयास गरेका हुन।
राज कुमारले अाफुलाई मार पिटगरि कपडा, लता च्याति दिएकाे पिडितले जनाईन ।पिडित महीलालाई स्थानिय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएका छन ।
उता घटना भएकाे खबर अाफुलाई साेमवार मात्र थाहा भएकाे मगरथाना चाैकिका असई प्रसन्नि कमलराज भण्डारीले जनाएका छन ।घटना बारेमा छानविन भईरहेकाे र अाराेपितकाे खाेजतलास जारी रहेकाे भण्डारीले जनाएका छन ।