मलेशिया मल्लाका २८ बैशाख।कोभिड-१९ कोरोना भाइरस अहिले बिश्वब्यापी महामारीको रुपमा फैलिएको समय मलेशियामा पनि निकै ठूलो संख्यामा संक्रमण देखिएको थियो केही समय अघि भने अहिले केही सुधार हुँदै आएको छ।
आज मे १० तारिख भने मृत्युको संख्या शुन्य छ भने संक्रमित भने पहिले भन्दा कम मात्रामा देखिएको छ आज नयाँ संक्रमित ६५ जना थपिएको छ आज मात्रै मलेशिया सरकारले MCO जुन ९ सम्मका लागि लागु हुने गरि थप गरिएको छ भने सुरु मार्च १८ तारिख देखी भाको थियो।
हाल सम्म मलेशिया कोरोना भाइरस बाट ६ हजार ६ सय ५६ जना संक्रमित भएका छन् भने १ सय ८ जनाको मृत्यु भएको छ अहिले सम्म उपचार पछि रिकभर भएर घर फर्किएका संख्या ५ हजार २५ जना छन्।