लहान, २८ बैशाख । सिरहाको पाँच नमुना विद्यालय मध्ये श्री जनता नमुना मावि प्राविधिकधार मौवाही सखुवानन्कारकट्टी १ छोटो अवधीमै महत्वपूर्ण काम गरेको छ । यो विद्यालयलाई अग्रस्थानमा पुर्याउँन प्राध्यानाध्यपक रामपृत यादवले दिलोज्यानले खटिएका छन् । त्यहाँका विद्यालय व्यवस्थापन समितिको पनि उतिकै योगदान रहेको छ ।
सिरहाको विकट गाउँ मानिएको मौवाहीमा प्राविधिक कक्षा सिभिल इन्जिनियरिँग (डिप्लोमास्तर)को ४ बर्षे र ३ बर्षे कोर्षको कक्षा संचालन रहेको छ । जसमा तीन बर्षेमा ३० जना र चार बर्षेमा ४८ जना विद्यार्थी त्यस विकट गाउँमा अध्ययनरत छन् । त्यहाँ बाजुरा, सप्तरी, सिरहालगायतका विद्यार्थी सिभिल इन्जिनियरिँग गर्दै आएका छन् ।
विगतमा ५ कोठामा सिमित रहेको विद्यालयमा २०६८ माघदेखि प्राध्यानाध्यपक यादवले कार्य थालेपछि सरोकारवाला निकायसँग सहकार्य गरी २५ कोठाको भवन तयार गर्न सफल भएका छन् । ३ विघामा स्थापना गरिएको प्राविधिकधार विद्यालयलाई कम्पाउन्ड वालले घेरिएको छ ।
आव ७०।७१—७१।७२ मा ८ कोठा, ७३।७४ मा ४ कोठा, ७४।७५ मा ४ कोठा, ७४।७५ मा वाउन्ड्रीवाल निर्माधिन, ७५।७६ मा २ कोठा थप गरी २५ कोठा निर्माण गर्न सफल भएको प्राधानाध्यापक रामपृत यादवले बताए । उनले भने ‘यसको लागि विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’ ‘योसँगै सरोकारवाला निकायमा आफ्नो पहँुच रहेकोले निर्माण कार्य तिव्र बनाएको छु ।’ उनले बताए ।
नमुना विद्यालय मौवाहीमा विगतमा १ सय ३० विद्यार्थी मात्र अध्ययनरत थिए । प्राध्यानाध्यापक यादव यहाँ सक्रिय भएपछि हाल ८ सय ३० विद्यालय अध्ययरत छन् । विद्यालयमा महिलामैत्री शौचालय एकगरी तीन शौचालय रहेको छ । विशुद्ध खानेपानीको व्यवस्था गरिएकोले विद्यार्थीहरु खुशी रहेको अध्ययनरत छात्र श्याम बताउँछन् ।
विद्यालय निर्माणव्यवस्थापन गर्न र नमुना बनाउँन प्राध्नाध्यापक रामपृत यादवको महत्वपूर्ण भूमिका रहेको छ । योसँगै स्थानीय र विद्यालय व्यवस्थापन समितिले पनि सकारात्मक भूमिका निर्वाह गर्दै आएको स्थानीय सन्तोष यादव बताउँछन् । विस २०१७ सालमै स्थापना भएको सो विद्यालयमा अध्ययन गरेका दर्जनौ विद्यार्थी अहिले नेपाल सरकारको उच्चतहका कर्मचारी छन् ।