रोहित कुमार मण्डल
सप्तरी( कुशहा) १९ बैशाख । १३१ औ. श्रमिक दिवसको अवसरमा सप्तरीको सुरुङ्गा नगर पालिकाका नगर उप प्रमुख बिन्दा कुमारी पासवानले सम्पूर्ण श्रमीकहरुमा हार्दिक शुभकामना सन्देश दिएका छन् ।
काम गर्ने श्रमिकहरु माथि काम लगाउनेहरुबाट भएको ज्यादति अन्त गर्न टे«ड युनियनहरुले सुरु गरेको आन्दोलनको स्मरणमा प्रत्येक वर्ष मे १ का दिन संसारभरिका श्रमिकहरुले अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउदै आएका छन् ।
श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहिन हुन्छ भन्ने आजको यर्थाथले समेत स्पष्ट पारेको उनले बताए । तर यस मे दिवसको संघारमा आज सम्मपूर्ण नेपाली कोरोना भाइरस अर्थात कोविड –१९का महामारी विरुद्धको युद्धमा होमिएका छौ ।
नेपालका मान्यता प्राप्त ट्रेड युनियनहरु र तिनमा आवद्ध श्रमिकहरु र सम्पुर्ण जनसमुदायमा यस वर्षको मे दिवसको अवसरमा हार्दिक शुभकामना व्यतm गर्दछु नगर उप प्रमुख बिन्दा कुमारी पासवानद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात (कोविड–१९)को महामारीबाट बच्न नेपाल सरकारले गरेको लकडाउन पूर्ण रुपमा पाल्ना गर्न उहाँले आग्रह समेत गर्नुभयो ।
यस्तै १३१ औं श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रिय सदस्य तथा नेपाल बिजुली, पेन्टर, प्लम्बर, तथा निमार्ण युनियन महासंघ ( क्युपेक नेपाल ) का प्रदेश– २ का इञ्चार्ज रामकृष्ण चौधरीले समेत एक विज्ञप्ती प्रकाशित गरी देशका सम्पूर्ण श्रमीकहरुमा हार्दिक शुभकामना सन्देश दिएका छन् । उनले सम्पूर्ण नेपालीलाई नेपाल सरकारले गरेको लकडाँउन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गर्नु भएको छ । एकआपसमा अभिवादन गर्दा हात नमिलाउन, सधै मास्क लगाउ, साबुन पानीले नियमित राम्रोसंग हात धुने गरौ शुभकामना सन्देश दिदै सर्वसधारणमा अपिल गर्नुभयो