झापा १८ बैशाख / झापाको दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आज बिहान शिविरको बी–३ हटनम्बर २६० मा रहेको टीकाराम चापागार्इँको घरबाट अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।