राजविराज, १२ वैशाख । सप्तरीका दुई स्थानीय तहमा रहेका केही मन्दिरहरुमा तोडफोड गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालि वडा नम्वर १० र बलान बिहुल गाउँपालिका वडा नम्वर ४ मा रहेको केही मन्दिरहरुमा तोडफोट गर्दै आगो समेत लगाएका छन् ।
मंगलबार राति बलान बिहुल गाउँपालिका वडा नम्वर ४ बेल्हीमा रहेको हनुमान मिन्दर र शिव मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले मोहत्तरी पोष्टलाई जानकारी दिए । कोरोना भाइरस ९कोभिड–१९० जस्तो महामारीको बेला सप्तरी लगायत देशभरी लकडाउन रहेको छ । सोही मौका छोपी केही उछृङ्खल ब्यक्तिहरु द्वारा समाजिक सद्भाव बिगार्ने प्रयास भईरहेको अध्यक्ष गोईतको भनाई छ ।
उनले भने लकडाउनको सयमामा यस्तो घटना हुनु एकदमै दुःखद हो । घटना संगै लकडाउनको पूर्ण पालना गराउन गाउँपालिका भरी सार्वजनिक पोखरी र मन्दिरहरुमा साझ ७ बजे देखि पूर्ण रुपमा रोक लगाईएको र सो अवधिमा अति आवश्यक भएको खण्डमा मात्र सवारी साधन चलन दिने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष गोईतले जानकारी दिए ।
यस्तै बिहिवार राती पुनः सुरुङ्गा नगरपालिका वडा नम्वर १० थल्हामा सदा शिव राम जानकी मन्दिरमा आगजनी समेत भएको छ । नगरपालिकाका मेयर मुत्तीनाथ चौधरीका अनुसार मन्दिरमा रहेका सामानहरु यत्रतत्र फालेर आगो लगाईएको हो । बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकामा भएको उक्त घटनालाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सुरक्षा निगरानी कडा पारिएको गाउँपालिका अध्यक्ष गोईतले जनकारी दिए ।
साँझ ७ बजे पछि स्थानीयलाई घरबाट न निस्किन उर्दी जारी गरेको छ । धार्मिक स्थल जस्तै मन्दिर, मस्जिद, थान लगायतको ठाउँमा कडा निगरानी गरिएको प्रहरी स्रोतको दावी छ । घटनामा संलग भएकाहरुको खोजि कार्य तीब्र रुपमा भईरहेको जिल्ल प्रहरी कार्यलय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकराी दिए ।