काठमाडौँ, ९ वैशाख । उदयपुरका थप ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भुल्केस्थित मस्जिदमा रहेका १६ मध्ये १३ जना मुस्लिम समुदायका मानिसमा कोरोना पुष्टि भएको थियो ।
केन्द्रीय प्रयोगशालामा भएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनाको परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । नेपालमा जम्मा संक्रमितको संख्या ४२ पुग्यो । ५ जना निको भएर घर फर्किए ।
आज भेटिएका संक्रमित तिनै १३ जनासँग सम्पर्कमा आएका हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजै उदयपुरमा ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।
उदयपुरमा १०० जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको र उनीहरुको परीक्षण भइरहेको देवकाटाले बताए । यससँगै उदयपुरमा मात्रै २२ जना कोरोना संक्रमित भएका छन् । दैनिक नेपाल