नयाँ साल मा फूली दिनु फक्रीएको फूल सरी
बाँकी जिवन बाच्नु सदा, संसारमा सुबास छरी
जस्तो थियो बिगता मा, यथावतै रहोस साथ
नछुटियोस यात्रा पथमा,दोबाटोमा दोमन गरी
आँधी हुरी आए पनि,अडिक रहोस जिन्दगी
दिर्घायुको कामना छ,नजाओस है भुई झरी
सुख सधै साथी बनोस्, हाँसी खुसी रहनु है
रक्षा गरुन भगवानले,दु:ख जती सारा हरी
नव बर्ष सार्थक बनोस्, मेरो शुभकामना
आँसु भने नदेखियोस्,परेलिमा जूनी भरी !!