काठमाडौं, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संकारमा जानेबाहेक अरु सबै पास बन्द गरेको छ ।
लकडाउनका बेला सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको बताएका छन्। दैनिक नेपाल