स्याङजा, १ वैशाख । स्याङजामा दुई युवती बलात्कृत भएकी छन् । गाउँपालिका–६ बस्ने १९ वर्षीया युवती र चापाकोट नगरपालिका–६ बस्ने १७ वर्षीया युवतीमाथि बलात्कार भएको हो ।
हरिनाशकी १९ वर्षीया युवतीलाई सोही गाउँ स्थित २० वर्षीय सन्देश थापा र २३ वर्षीय सागर थापाले जवरजस्ती करणी गरेका हुन् । ग१८प १५५७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले पीडित युवतीलाई घरसम्म लगिदिने बहनामा एकान्तमा लगेर जवरजस्ती करणी गरेको खुलेको छ ।
घटना लगत्तै फरार रहेका उनीहरुविरुद्ध पीडितको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटनी जाहेरी परेको थियो । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । पक्राउ लगत्तै जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद परियार पनि जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय वालिङको प्रहरी हिरासतमा छन् । गत चैत २२ गते चापाकोटकी एक युवातीलाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
गाउँमा हिडिरहेको अवस्थामा ललाइफकाई गरी जबरजस्ती करणी गरेको आरोपमा उनी चैत २४ गते पक्राउ परेको थियो । उनको पनि जिल्ला अदालतबाट अनुसन्धानमा लागि म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।दैनिक नेपाल