सप्तरी, १ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा एक युवकको शव फेला परेको छ।
सोमबार बिहान १९ वर्षीय सुरज कुमार साहको शव फेला परेको हो।
शरिरमा चोटपटक देखिएकाले हत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।दैनिक नेपाल