रामेछाप ३० चैत।रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्साको भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ। जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्सा भन्ने ठाउँका ४८ वर्षीय ज्ञान बहादुर सुनुवारको बुधबार धोबि हाटबजारबाट घरफर्केने क्रममा सुनुवार भिरबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबिडाडाले जनाएको छ ।
सुनुवार लिखु तामाकोशी गाउँपालिका -१ दुरगाँऊको पुन्दि भन्ने ठाउँमा १५ बर्ष देखी स्थाई बसोबास गर्रदै आएका थिए । उनि २६ गते देखि घरबाट सामान किन्न भनी धोवीहाट हिँडेका सुनारको लिखु तामाकोशी गाउँपालिका भुर्साको पाखामा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय धोबिका नायब उपरीक्षक मदन थापाले लिखु अनलाइनलाई जानकारी दिनु भयो ।
बाटोबाट करिब ५०० सय मिटर तल उनको शव फेला परेको थापाको भनाइ छ।मृतक सुनारको शवलाई स्थानिय र प्रहरी मिलेर उद्दार गरेका थिए । मृतक सुनारको शव पोष्टमार्टम गर्ने सदरमुकाम मन्थली लगिएको छ । सव पोष्टमार्टम पछि उनका परिवारलाई बुझाउने प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।