काठमाडौं, २९ चैत । नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी रहेका बेला विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे अध्ययन गर्न शुरु गरेको छ ।
कांग्रेसको जनसम्पर्क समन्वय विभागले २६ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमार्फत् विदेशमा रहेका नेपालीको अवस्था कस्तो छ भन्ने बारेमा खोजीनिती सुरु गरेको हो ।
कांग्रेस जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले भिडियो कन्फरेन्समार्फत् जनसम्पर्क समितिका सभापतिहरूले आफू बस्ने देशमा रहेका नेपालीहरुको अवस्था बुझेर जानकारी गराउन निर्देशन दिएका हुन् ।
कांग्रेसको अमेरिका, भारत, अमेरिका, बहराइन, बेल्जियम, मकाउ, अस्ट्रेलिया, क्यानडा, डेनमार्क, यूएई, दक्षिण कोरिया, नर्वे, स्वीजरल्याण्ड, फ्रान्स, कतार, ओमन, इजरायल, हङकङ, मलेसिया, कुवेत, साइप्रसलगायत २६ देशमा जनसम्पर्क समिति छन् ।दैनिक नेपाल