काठमाडाैं, २९ चैत । नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख प्रदान गरेको छ ।
संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई रकमको चेक प्रदान गरेकी हुन् ।
रकम हस्तान्तरण गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको पनि उपस्थिति थियो ।
कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ । यसबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।दैनिक नेपाल