गौशाला २८ चैत ।काेराेना भाईरसकाे त्रासले महाेत्तरी जिल्लाकाे गाैशाला बजारमा रहेकाे केहि निजि हाेस्पटिल तथा निजि क्लिनिक बन्द गरेका छन ।सरकारले लक डाउन प्रणालि लागू गरेकाे दिन देखि निजि क्लिनिक बन्द भएकाे जाँच गराउने विरामिहरुले बताएका छन ।
माैसम परिवर्तन भए सँगै रुगा,खाेकि र ज्वराे विरामिहरुकाे संख्या बढदै गईरहेका छन तर निजि स्वास्थ्य क्लिनिक बन्द भए पछि विरामिहरु सेवा लिन बाट बन्चित भएका छन । बजारमा जे हल्ला छ त्यस्ताे नरहेकाे तर विरामि अाए जाँच गरेर पठाउने गरेकाे उनिहरुले बताए ।
अहिले काेराेना भाइरस बाट संक्रमितहरुकाे संख्या बढदै गईरहेकाेले अाफुहरुलाई काेराेना बाट बाँच्ने समाग्री नभएकाे कारण सेवा बन्द गर्नु परेकाे केही स्वास्थ्य क्रमीेहरुले जनाए ।स्थानिय सरकार तथा संघिय सरकारले हामिहरुलाई सेवा युक्त समाग्री उपलब्ध गराई दिए सेवा दिन तयार रहेकाे नाम नवताउने सर्त एक स्वास्थ्यक्रमिले जनाए ।
उता अहिलेकाे समयमा कुनै निजि अस्पताल तथा क्लिनिक बन्द गर्नु मानवताकाे हिसावले राम्राे भएन अाज हामिहरु अनुगमन गर्दैछाै बन्द गरेकाे लाई सेवा सुचारु गर्न अाग्रह गर्ने छु तर अटेरी गरेमा अगामि कदम चाल्ने गाैशाला नगरपालिकाका प्रवक्ता भाेजबहादुर दर्लामीले जनाए ।