काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल साइदसँग टेलिफोन वार्ता गरि त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।
भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेको बेला त्यहाँस्थित नेपाली नागरिकको सुरक्षाका बारेमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी जानकारी लिनुभएको हो ।
“ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेतासँग संवाद गर्ने क्रममा मेरो ओमान सरकारका हिज हाइनेससँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीलाई ओमानको सुरक्षा र सहयोग रहिरहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ” कुराकानीपश्चात् सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । दैनिक नेपाल