कञ्चनपुर २८ चैत।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिक द्धारा स्थापना गरिएको विपद् प्रकोप व्यवस्थान कोषमा व्यक्ति तथा संस्थाहरुले नगद तथा जिन्सी सहयोग आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेपछि अधिकांश दैनिकी ज्यलादारी गरि खाने मजदुरहरुको जिविकोपर्जन सहज गर्न नगरपालिकाले सो राहत कोषको स्थापना गरेका हुन । उक्त राहत कोषमा सहयोगी हातहरु बढ्दै गएका छन् ।
समाज परिवर्तन र समाज रुपान्तरणमा युवा वर्गको महत्वपुर्ण भुमिका रहनेमा दुई मत छैन तसर्थ बिहीबार पुनर्वास नगरपालिका अरनिकोबस्ती निवासी अर्थात अरनिको खेलकुद बिकास समितिका अध्यक्ष एवम् युवा ब्यवसयी दाउत तामाङले २५ हजार बराबरको खाद्यान्न समाग्री चामल २० कटृा सहायोग हस्तन्तरण गरेको छ ।
ब्यवसयी तामाङले नगरप्रमुख जीवन राज थापा ,उपप्रमुख शरदा बिष्ट र प्रशासकिय अधिकृत पितम्वर पण्डे ज्यूलाई सयुक्त रुपमा उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए ।
यसरीनै ब्यवसयी तामाङले कोरोना भाइरसको संक्रमण रोकथामका साथै नियन्त्रणका लागि आफ्नो ज्यानको पर्वाह नगरी जोखिम मोलेर अहोरात्र खटिरहेका सुरक्षाकर्मीलाई आफुले सक्ने सहायोग गर्ने बताउनुभयो ।
कञ्चनपुरमा लगायत पुनर्वसमा अहिले हेर्दा सबैभन्दा जोखिम मोलेर अहोरात्र खटिरहेका सुरक्षकमीनै देखिएकोले ब्यवसयी तामाङले आज ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिहलाई कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सामाग्रीको रुपमा लिईने केही थान सेनिटाईजर ,ग्लोब्स,माक्स,क्याप र साबुन हस्तन्तरण गर्नुभएको थियो ।
ईलाका प्रहरी कार्यालयको प्रङगणमा ब्यवसयी तामाङले सुरक्षकर्मीलाई आफुले पर्यायप्त रुपमा दिन नसके पनि थोरैभए पनि सुरक्षकर्मीका लागि सहायोग गर्न पाउदा आफु खुशी भएको बताउनु भयो ।
नगर स्वस्थ्य बिभाग द्धारा स्वस्थ्यकर्मीका लागि यी समानहरु उपलब्ध हुने भएको हुदा यस्ता सामाग्रीको पहुचबाट टाढा रहेका ज्यानको पर्वाह नगरी जोखिम मोलेर अहोरात्र खटिरहेका सत्तचारकर्र्मी हरुलाई पनि कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सामाग्रीको रुपमा लिईने स्वस्थ्य सामाग्री उपलब्ध गराउने बताउनुभयो ।
रहत कोषमा प्राप्त हुन आएको सहयोग रकम नगद तथा सामाग्री बुझ्नुहुँदै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले सहयोग दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र सहकार्य भएमा पुनर्वास नगरपालिकामा कोही पनि भोको बस्न नपर्ने र सबै गरिब जनताको छाक कसरी टार्न सकिन्छ भन्न्े कुरामा आफु चिन्तित भई लागि परेकोे बताउनु भयो ।