कञ्चनपुर २८ चैत।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिक द्धारा स्थापना गरिएको विपद् प्रकोप व्यवस्थान कोषमा व्यक्ति तथा संस्थाहरुले नगद तथा जिन्सी सहयोग आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेपछि अधिकांश दैनिकी ज्यलादारी गरि खाने मजदुरहरुको जिविकोपर्जन सहज गर्न नगरपालिकाले सो राहत कोषको स्थापना गरेका हुन । उक्त राहत कोषमा सहयोगी हातहरु बढ्दै गएका छन् । बिहीबार प्रभु बैंक लिमिटेड आई.बी.आर.डी शाखाले ले ५० हजार बराबरको खाद्यान्न समाग्री दिएको छ ।
बैंकका पुनर्वास शाखा प्रमुख गौरब शर्माले नगरप्रमुख जीवन राज थापा ,उपप्रमुख शरदा बिष्ट र प्रशासकिय अधिकृत पितम्वर पण्डे ज्यूलाई सयुक्त रुपमा उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए ।
यसरीनै कञ्चनपुर शाखा पुनर्वास ईसाई समाजका कोषाध्यक्ष कर्णजित तामाङ्ग मार्फत ५४ हजार ३०५ रुपैया ,र सिद्धार्थ पब्लिक स्कुल पुनर्वास ६ का प्रीन्सिपल संजय थापाबाट २५०००।पच्चीस हजार सहयोग प्राप्त भएको छ । त्यसैगरी पुनर्वास २ निवासी दाउत तामाङबाट पच्चीस हजार बराबरको चामल समेत कोरोना राहत कोषलाई प्राप्त हुन आएको छ ।
पुनर्वास नगरपालिकाको राहत कोषमा यस अघि पुनर्वास ५, निवासी पुनर्वास नगर खेलकुद विकास समितिका कार्यक्रम संयोजक खडक विक्रम थापाले रु।२५,०००र(, नगर प्रवक्ता भारमल सुनारबाट ११०००, पु.न.पा.६ निवासी शिक्षक एकनारायण पोख्रेलले रु.१०,००० स्वास्थयकर्मी जनक सिंह धामीले रु. ८,००० र पुनर्वास ६, निवासी शिक्षक राजेन्द्रकुमार श्रेष्ठले रु।२,०००र(सहयोग गर्नुभएको थियो । त्यसैगरी संस्थागत रुपमा पुनर्वास(६ स्थित कञ्चन नेवास् समाजले रु। ३१,०००र( एकतीस हजार, नेपाल रेडक्रस सोसाइटी, पुनर्वासले ३०,०००, रकम सहयोग गरेको छ । पुनर्वास ८ को श्रीनिवास दिव्यधामका संकल्पकर्ता स्वामी गोविन्दचार्य ज्यूले करिब ३०० किलो चामल,३५ किलो नुन र १६ लिटर खाने तेल नगरपालिकाको कोरोना राहत कोषलाई हस्तान्तरण भएको प्रबक्त भारमल सुनारले जानकारी दिनुभयो ।
रहत कोषमा प्राप्त हुन आएको सहयोग रकम नगद तथा सामाग्री बुझ्नुहुँदै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले सहयोग दाताहरूलाई धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र सहकार्य भएमा पुनर्वास नगरपालिकामा कोही पनि भोको बस्न नपर्ने र सबै गरिब जनताको छाक कसरी टार्न सकिन्छ भन्न्े कुरामा आफु चिन्तित भई लागि परेकोे बताउनु भयो ।