दिनहुँ यौन सम्पर्क राख्नु हुँदैन
यो एउटा गलत कुरा हो । यदि तपाईंहरु दुवैलाई दिनहुँ यौन सम्पर्क राख्न मन लाग्छ भने आफुलाई रोक्नु समझदारी होइन । यदि श्रीमान्लाई दिनहुँ यौन सम्पर्क राख्न मन छ, तर श्रीमती भने यो सधैं गर्ने कुरा होइन भन्ने कुरा विश्वास गर्छिन् भने श्रीमान् उनीसंग रिसाउनु स्व्ाभाविकै हो । त्यसैले यौन सम्पर्क सधैं गर्ने क्रिया होइन भन्ने कुरालाई मनबाट निकाल्नु पर्छ र आफ्नो यौन जीवनलाई सक्रिय बनाउन तिर ध्यान दिनु पर्छ ।
दिनमा केवल एक पटक मात्र यौन सम्पर्क राख्नु पर्छ
यो अर्को सबैभन्दा ठुलो भ्रम हो । तपाईंको साथीभाइ तथा आफन्तले के भन्छन् भन्ने कुरा बिर्सनुहोस् । यौनका लागि कुन त्यस्तो निर्धारित नम्बर हुँदैन । यौन सधैं सहज र स्वभाविक हुनु पर्छ । तपाईंहरु एक-अर्कालाई यौन आवश्यकता हुनासाथ यौन सम्पर्क राख्न सक्नुहुन्छ, तर तपाईंमध्ये कोहि एकलाई यसप्रति इच्छा छैन भने अर्कोले प्रतिक्षा गर्नु नै उपयुक्त हुन्छ । किनभने यौन भनेको कोहि एकलाई खुशी अथवा सन्तुष्ट बनाउने क्रिया होइन । यसले त तपाईंहरुको सम्बन्धलाई अझ सुन्दर बनाउने प्रक्रिया हो । त्यसैले आफुहरुलाई जति सहज हुन्छ, त्यति नै यौन सम्पर्क राख्न सक्नु हुन्छ ।
यौनका लागि नियम बनाउनु हुँदैन
तपाईंले यौनका लागि समय तालिका बनाउनु आवश्यक पर्छ । यौनले तपाईंलाई आनन्दका साथ रमाइलो पनि प्रदान गर्ने गर्छ । यौन सहज हुनु पर्छ भन्ने कुरा साँचो हो । सम्बन्धका प्रारम्भिक दिनहरुमा तपाईं सिंगारिएर, क्यान्डल बालेर, उत्तेजक पहिरन लगाएर यौनका लागि तयार हुनु हुन्थ्यो होला । ती दिनहरुलाई सम्झनु पर्छ । त्यसैले यौनका लागि सधैं सहज र नयाँपन ल्याउनु पर्छ ।
पुरुषहरु दिनहुँ यौन सम्पर्क राख्न चाहन्छन्
प्रायः महिलाहरु पुरुषहरुको बारेमा यस्तै राय राख्छन् । उनीहरुलाई पुरुष सधैं यौनका लागि तयार रहन्छन् । यदि उनीहरुलाई खुशी राखीएन भने उनीहरु बाहिर प्रेम र यौन खोज्न थाल्छन् भन्ने महिलाहरुको सोचाई हुन्छ । पुरुष मात्र होइन, त्यस्ता धेरै महिलाहरु पनि हुन्छन्, जो यौनप्रति धेरै अपेक्षा राख्छन् । त्यसैले यौनको इच्छा कहाँ र कति हुन्छ भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ ।
महिलाहरु यौनमा रमाउँदैनन्
यो पनि एउटा ठुलो गलत धारणा हो । यसको शिकार पनि सबैभन्दा धेरै महिलाहरु नै धेरै भएका छन् । महिलाहरु स्वंयलाई यौन भनेको पुरुषहरुलाई खुशी बनाउनका लागि गरिने क्रिया हो भन्ने लाग्छ । त्यसैले उनीहरु यौनको पहल गर्न पनि अफ्ठ्यारो मान्छन् र आफुलाई यौन इच्छा र अनिच्छा भएको पनि भन्न सक्दैनन् ।
उनीहरु आफ्नो पार्टनरको मन र मुड अनुसार यौन सम्पर्क राख्छन् । तर यस प्रकारको यौन सम्पर्कमा कुनै भावना हुँदैन । यौन एउटा भावना हो, कुनै रुटिनको काम होइन, जसलाई गर्नु पर्ने बाध्यता हुन्छ । यो भावनालाई जबसम्म महसुस गरिँदैन, तबसम्म आफ्नो पार्टनरसंग जोडिएका महसुस हुँदैन ।
उमेर बढेपछि यौन इच्छामा कमी आउँछ
हाम्रो समाजमा प्रायः व्यक्तिहरुको सोचाई के हुन्छ भने अब बच्चाहरु ठुला हुँदैछन्, त्यस्तो अवस्थामा यी कुराहरु शोभा दिँदैनन् । वास्तवमा यौनसंग उमेर र बच्चा ठुलो हुनुसंग कुनै प्रकारको सम्बन्ध हुँदैन । तपाईं जबसम्म स्वस्थ र यसमा इच्छा राख्नु हुन्छ, तबसम्म यौन सम्पर्क राख्न सक्नु हुन्छ । यसमा केही नराम्रो मान्नु पर्दैन ।
यौनमा के मन पर्छ के पर्दैन जान्नु पर्छ
सबैभन्दा पहिला तपाईंले आफ्नो पार्टनरलाई मन भित्रको कुरा नभनी थाहा हुँदैन भन्ने कुरा बुझ्नु पर्छ । जबसम्म तपाईंहरुबीच कुराकानी हुँदैन, तबसम्म तपाईंहरुलाई एक-अर्काको बारेमा केही थाहा हुँदैन। तपाईंहरुले केवल अनुमान मात्र लगाउन सक्नु हुन्छ । जसरी सम्बन्धको बलियो आधारका लागि सञ्चार अति आवश्यक हुन्छ, त्यसरी नै यौनका लागि पनि खुलेर कुरा हुनु अति नै आवश्यक छ ।
विवाहिता दम्पतीहरु पारम्परिक यौन क्रिया नै गर्छन्
अधिकांश जोडीहरुमा यौनका बारेमा विभिन्न किसिमका कल्पनाहरु हुन्छन् । उनीहरुको कल्पनाको यौन संसार भिन्दै प्रकारको हुन्छ भने वास्तविकता त्यो भन्दा कोशौं टाढा हुन्छ । किनभने यौनका बारेमा तपाईंको मनमा विभिन्न भ्रमहरु रहेका हुन्छन् । विवाहपछि यौनमा धेरै प्रयोगहरु गरिंदैन भन्ने तपाईंको सोचाई हुन्छ ।
तपाईंहरुले आफ्नो कल्पनाहरु एक-अर्कासंग छलफल गर्न सक्नु हुन्छ र सम्भव भएसम्म ती कल्पनाहरुलाई पूरा गर्ने कोशिश गर्न सक्नु हुन्छ । तपाईंले आफ्नो यौन जीवनलाई पारम्परिक यौनको नाम दिएर यसलाई दिक्क लाग्ने बनाउनु हुँदैन । त्यसकारण आफ्नो सम्बन्धलाई कमजोर पनि हुन दिनु हुँदैन ।
बढ्दो उमेरसंगै जिस्कने र ठट्टा गर्ने कुराहरु कम हुन्छन्
यो कुरा साँचो होइन । तपाईंको उमेरसंग यी कुराहरुको कुनै सम्बन्ध छैन । तपाईंहरुको सम्बन्धमा ख्याल ठट्टा र जिस्कने कुराहरु सधैं आवश्यक हुन्छ । त्यसले तपाईंको रोमान्सलाई यथावत राख्छ । उत्कृष्ट यौन र सम्बन्धका लागि तपाईंको उमेर जस्तो भए पनि दुबैले ख्याल ठट्टा गर्नु अति नै आवश्यक छ ।
जवानहरुसंग यौनको अनुभव रमाइलो हुन्छ
यो पनि एउटा ठुलो भ्रम हो । यौन अनुभव उमेरसंगै झन् राम्रो हुँदै जान्छ । तपाईंहरु दुबै समयसंगै एक-अर्कालाई राम्रोसँग बुझ्दै जानु हुन्छ । त्यस्तो स्थितिमा उमेरको यौनको अनुभवसंग राम्रो यौनका लागि कुनै सम्बन्ध हुँदैन । जवान पार्टनरसंग यौनको अनुभव राम्रो हुन्छ भन्ने आवश्यक छैन ।
श्रीमतीलाई चरमसुख प्राप्त भएन भने श्रीमान्लाई कमजोर सोच्न थाल्छिन्
यस प्रकारको सोच पुरुष र महिला दुवैमा हुन्छ । यदि सही तरिकाल यौन सम्पर्क भयो भने दुवैलाई एक साथ चरमसुख प्राप्त हुन सक्छ । तर कहिलेकाहिं यदि यौन सम्पर्क राख्दा धेरै उत्तेजित हुनाले अथवा अन्य कारणहरुले दुबैमध्ये कोहि एकलाई छिट्टै स्खलित हुन्छ भने त्यसको अर्थ उ कमजोर छ भन्ने हुँदैन । त्यस्तो हुनु स्वभाविक नै हो । समयसंगै जब तपाईंहरु दुबैको सोचाई र अनुकुलता बढ्छ, तब तपाईंहरुमा सहजता पनि बढ्छ र तपाईंहरुको अनुभव राम्रो हुन्छ । दैनिक नेपाल