काठमाडौं २७ चैत।लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको बैठकले उक्त निर्णय गरेको हो ।लाखौं मानिसहरु लकडाउनका कारण काठमाडौंमा रोकिएका छन् ।
उनीहरु भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ ।उक्त बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । चैत ११ गते आह्वान गरिएको लकडाउन लम्बिएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
यसका साथै लकडाउन अझै लम्बिने सम्भावना भएकाले दैनिक उपभोग्य सामाग्रीको अभाव समेत हुने देखिएपछि सरकारले गाउँ फर्कन चाहानेहरुका लागि बाटो खुला गरेको हो ।लामो दुरीको रुटमा सुरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले योजना बनाउँदै गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले जानकारी दिए ।