काठमाडौं, २७ चैत । कोरोना भाइरस (कोभिड १९)का बेला नेपाल र भारतले गरेको लक डाउनका बेला एकअर्काका नागरिकलाई खाद्यान्नलगायतका सुविधा सम्बन्धित मुलुकका सरकारले गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सहमति भएको खुलेको छ ।
ओली र मोदीबीच भएको टेलिफोन वार्तामा भारतका सीमामा अड्कीएका नेपाली नागरिक नेपालका सीमामा रहेका भारतीय नागरिकको सुरक्षाका विषयमा सम्बन्धित मुलुकले विशेष चासो दिने सहमति भएको थियो ।
अहिलेको अवस्थामा नागरिकको सुरक्षा प्रधान रहेको तथा लक डाउनलाई व्यवस्थित गरी कोरोना भाइरस संक्रमणलाई फैलन नदिन विशेष सहकार्य हुनुपर्ने दुवै प्रधानमन्त्रीबीसच सहमति भएको थियो ।
त्यसो त कोरोनासँग लड्नका लागि दक्षिण एसीयाका मुलुकबीच पनि सहकार्यको घोषण भएको थियो । प्रत्यक्ष भिडियो कन्फ्रेन्स मार्फत नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका सरकार प्रमुखबीच कुराकानी भएको थियो ।
उच्च स्रोतका अनुसार सार्कमा पनि नेपाल र भारतका नागरिक तहको सम्बन्ध र आवतजावतलगायतका विषयमा विशेष अवस्था रहेका कारण सम्बन्धित मुलुकमा रहेका आफ्ना नागरिकको सुरक्षाका विषयमा ओली र मोदीबीच सहकार्यको फरक सहमति समेत भएको थियो ।
यस्तो सहमति भए पनि भारतीय सीमामा रहेका नेपालीलाई भारत सरकारले उचित सहयोग नगरेका कारण नेपाल सरकारको आलोचना प्रायोजित रुपमा नै भएको बताइएको छ । नेपाली सीमामा रहेका भारतीय नागरिकको भने सरकारले सकेसम्म सुरक्षित राख्दै खाद्यान्न र सुविधामा ध्यान दिएको छ ।दैनिक नेपाल