महेश सिंह सिरहा २५ चैत । । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण सबैमा संत्रासको माहौल छ । विभिन्न सञ्चार माध्यम मार्फत सुन्दा कतै एम्बुलेन्सले समयमा बिरामीलाई बोक्दा नमान्दा अस्पताल नै नपुग्दै मृत्युको मुखमा पर्ने गरेको त कतै चिकित्सकले बिरामीलाई उपचार गर्न नमान्दा बिरामीहरुको मृत्यु भएको समाचार सुनिरहदा सिरहाका एक चिकित्सकले आफै रक्तदान गरेर गर्भवती महिलालाई ज्यान जोगाएका छन् ।
जिल्ला अस्पताल सिरहामा कार्यरत मुसहर समुदायको पहिलो डॉक्टर मेडिकल अधिकृत डा. दिलिप कुमार सदाका अनुसार रगत अभावका कारण मंगलबार सिरहाकी एक गर्भवती महिलालाई प्रसबक्रिया (डिलिभरी ) शल्यक्रिया मार्फत गर्न तत्काल ए पोजेटिभ (A+) रक्त समूह रगतको आवश्यकता थियो । तर जिल्लामा रगतको अभावका कारण रगत नभेटिए पछि आफ्नो रक्त समूह मिले पछि विरामीलाई रक्तदान गरेको उनले बताउनु भयो । उनी लगायत अन्य दुईजना जिल्ला अस्पताल सिरहामा कार्यरत मेडिकल अधिकृत अखिलेश चौधरी र डा. दीपक यादव समेतले रक्तदान गरेको उनले बताउनु भयो ।