पृष्ठभूमि
चीनको हुबेई प्रान्तबाट सुरु भएको COVID-19 ले विश्व महामारीको रुप लिई संसारलाई नै आक्रान्त बनाएको छ । यो लेख लेख्दाको समयसम्म विश्वका २०९ देशहरु यस महामारीको चपेटामा परी १४,३०,५२८ जनामा संक्रमण भई ८२,०२३ जनाको ज्यान जानुको साथै ४७,९१२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । रोकथाम तथा नियन्त्रणको अथक प्रयासको बावजुद पनि Epidemiological Crisis का सूचकहरु जस्तै संक्रमण दर (Morbidity Rate), यसबाट मृत्युदर (Mortality Rate), र नँया केशहरु (Incidence) केही देश बाहेक प्राय: सबैमा बढ्दो क्रममा रहेका छन् । यसको अर्थ हालसम्म पनि अधिकांश प्रभावित मुलुकहरुमा COVID-19 नियन्त्रण भन्दा बाहिर छ । यस महामारीले विश्व ईतिहास मै अपुरणीय मानविय एंव भौतिक क्षति भईरहेको छ । रोकथाम तथा नियन्त्रणका प्रभावकारी उपायहरु अवलम्बन नगरिए यो क्षति अझ धेरै नै बढ्ने निश्चित छ । झनै तेस्रो विश्वका विपन्न र कमजोर देशहरुमा त यो महामारी फैलिए परिणाम भयावह र अकल्पनिय हुन्छ ।
नेपालमा कोरोना
वर्तमान विश्व परिवेशमा बढदो Interdependence, Interconnection and People’s Flow ले COVID-19 लाई वृहत भूगोलमा फैलिन सघायो । यसवाट हाम्रो देश नेपाल समेत अछुतो रहन सकेन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा हालसम्म ९ जनालाई कोरोना Positive देखिएकोमा ८ जना कोरोना प्रभावित बाह्य मुलुकहरुबाट स्वदेश फर्किएका र १ जना स्थानिय (ट्राभल हिस्ट्री नभएको) मा संक्रमण देखिए लगत्तै नेपाल कोराना संक्रमणको दोस्रो चरणमा पुगेको छ ।
कोरोना संक्रमणका चरणहरु
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणदेखि महामारी सम्मको अवधीलाई निम्न ४ चरणहरुमा विभाजन गरेको छ ।
(१) कोरोना प्रभावित देशहरुबाट संक्रमित व्यक्तिको आगमन (Import from Affected Countries) :- यतिबेलासम्म देशभित्र कसैलाई पनि संक्रमण भएको हुदैन् । अनियन्त्रित आवागमनको कारण प्रभावित देशहरुबाट संक्रमित व्यक्तिको आगमन भई Host Country मा संक्रमण फैलिने संभावना रहन्छ ।
(२) स्थानियमा सर्नु (Local Transmission) :- यस चरणमा संक्रमित व्यक्तिसँगको असावधानिपूर्ण र असुरक्षित सम्पर्कबाट परिवारका सदस्यहरु र साथीभाईमा संक्रमण हुन्छ ।
(३) समुदायमा सर्नु (Community Transmission) :- संक्रमण समुदायमा फैलिसकेको हुन्छ । यस अवस्थामा संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिचान गर्न नसक्ने (Untraceable) भईसकेको हुन्छ ।
(४) महामारी (Pandemic) :- यस अन्तिम चरणमा भाईरस (Causative Agent) को ठूलो क्षेत्रमा व्यापक रुपमा फैलावट भईसकेको हुन्छ । संक्रमणले महामारीको रुप लिई स्थानिय तथा राष्ट्रिय क्षमताको नियन्त्रण बाहिर पुग्छ ।
हाम्रो अवस्थालाई दृष्टीगत गर्दा हामी कुन चरणमा छौं ? र रोकथाम तथा नियन्त्रणमा चुके परिणाम के हुन्छ ? भनेर समयमा सोच्न अत्यन्त जरुरी छ । विकसित र क्षमतावान देशहरुको अवस्थाबाट हामीले सिक्न आवश्यक छ । संकट व्यस्थापनमा हामीले अरुको असफलताबाट सिक्ने हो न की असफल हुन सिक्ने होईन ।
रोकथाम तथा नियन्त्रणका प्रयासहरु
हाम्रो अवस्थामा कोरोना रोकथाम र नियन्त्रणको रणनीति अपनाउँदा रोग/महामारीले कसरी स्थान लिन्छ भन्ने बारे यो Epidemiological Triad बुझेर 3P Strategy-Promote, Prevent and Protect अबलम्वन भएमा प्रयासहरु परिणाममुखि हुन्छन् । रोगको कारक तत्व, रोग फैलिन सक्ने वातावरण र त्यसप्रति Exposed व्यक्तिको संयोजनबाट रोग वा महामारीले रुप लिने हो । तसर्थ: हाम्रा प्रयासहरु संभावित महामारीको त्रिकोणलाई तोड्ने तर्फ लक्षित हुनु पर्दछ जुन संक्रमित र स्वस्थ व्यक्तिबिचको दुरी कायम गर्ने नै हो ।
हरेक संकटको कुशल व्यवस्थापनमा संभावनाको संकेत पहिचान (Signal Detection), समयमा उचित निर्णय, कार्यान्वयन र प्रभावकारी संचार जस्ता पक्षहरु महत्वपूर्ण रहन्छन् । हामीकहाँ अलिक ढिलो अबलम्वन गरिएका कोराना रोकथाम तथा नियन्त्रणका पहलहरु जस्तै अन्तर्राष्ट्रिय हवाई आवागमनको नियमन, सार्वजनिक सचेतना कार्यक्रमहरु, Screening at Point of Entry, देशव्यापी लक डाउन, क्वारेन्टिनको व्यवस्था, प्रदेश स्तरमा प्रयोगशाला सेवा बिस्तार, Corona Crisis Management Center को संचालन, औषधी लगायत स्वास्थ्य सामग्रीको प्राप्ति तथा वितरण, स्वास्थ्य तथा उद्धारकर्मीलाई प्रोत्साहन स्वरुप जोखिम भत्ता र जिवन विमाको व्यवस्था आदि सकारात्मक र प्रशंसनिय छन्।
ग्याप तथा चुनौती
COVID-19 ले विश्व महामारीको रुप लिदै गर्दा केही ढिला गरिएको अन्तर्राष्ट्रिय हवाई आवागमनको नियमनले देशभित्र संक्रमित व्यक्तिहरुको प्रवेश भयो र थप संक्रमण रोक्न उनीहरुको व्यवस्थापन हुन सकेन् । अझ ठूलो चुनौती भनेको खुल्ला सीमाना भएको छिमेकी देशबाट हुने आगमन हो । कोरोना संक्रमणको Incubation Period समेत वैज्ञानिक रुपमा पुष्टी नभईसकेको अवस्थामा बाह्य मुलुकहरुबाट देशभित्र आउनेहरुको दुरुस्त अभिलेख, उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको पहिचान (Contact Tracing) गरी क्वारेन्टिनमा राख्ने र स्वाव परीक्षण एवं संक्रमितको उपचारमा सफलताले हाम्रो Corona Destiny निर्धारण गर्नेछ ।
निकास र जिम्मेवारी
संकटको समयमा एक पक्षले अर्को पक्षलाई दोषापरोण गर्ने, बिभिन्न अफवाह (Rumor) फैलाउने र भ्रष्टाचार हुने संभावना रहन्छ जसलाई कुशल संकट व्यवस्थापनमा उपयुक्त रणनीति, असरदार कार्यान्वयन र प्रभावकारी एवं पारदर्शी संचारद्वारा सामना गर्न सकिन्छ । राष्ट्रिय विपतिको सामना सबैको साझा जिम्मेवारी रहन्छ । आज सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मिडिया र नागरिक समाज अदृष्य शत्रु कोरोना विरुद्ध एकजुट आ-आफ्नो स्थानबाट रोकथाम र नियन्त्रणको लागि सहयोग र सहकार्य गर्नुको विकल्प छैन् । अधिकार जिम्मेवारी सहित आउँछ भन्ने तथ्यलाई मनन गर्दै यस अभियानमा स्थानिय निकायहरु र सभ्य नागरिकको रुपमा हामी सबैको महत्वपूर्ण जिम्मेवारी रहन्छ । कम्तिमा घरभित्र सुरक्षित रुपमा बसेर र सामाजिक दुरी कायम