काठमाडौँ, २५ चैत । कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
शंकर ग्रुपका मालिक अग्रवाललाई मंगलबार प्रहरीले नक्सालबाट पक्राउ गरेको हो ।
अग्रवाललाई ३ हजार पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । दैनिक नेपाल